दाङ,
३०-असार /  घोराहीका व्यवसायी रणबहादुर घर्ती र तुलसीपुरका ब्यबसायी राजकुमार श्रेष्ठका हत्यारालाई जन्मकैदको माग गर्दै घोराहीमा मौन जुलुस निकालिएको छ । मृतक रणबहादुर घर्तीका परिवार, छिमेकी र स्थानीयहरुले हत्यारालाई जन्मकैदको माग गर्दै मौन जुलस निकालेका हुन् ।

घोराहीको ट्राफिक चोकबाट निकालिएको जुलुस घोराही बजारका विभिन्न भागको परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका थिए । स्वर्गीय रणबहादुर घर्तीको हत्या बिरुद्ध मौन जुलुस लेखिएको व्यानरसहित प्लेकार्ड बोकेको जुलुस निकालिएको थियो ।

हत्यारालाई जन्मकैद हुनुपर्ने, स्वर्गीय घर्तीका दुई छोराहरुको शिक्षा र श्रीमतीलाई रोजगारीको माग गर्दै व्यवसायी रणबहादुर घर्तीको परिवारले शव बुझ्न मानेको छैन । हत्यामा संलग्नहरुमाथि जन्मकैदको घोषणा नहुँदासम्म शव नबुझ्ने बताउँदै घर्ती परिवारले शव नबुझ्दा रनबहादुर घर्तीको शव राप्ती उपक्षेत्रीय अस्पतालमा रहेको छ ।

व्यवसायी राजकुमार श्रेष्ठको अपहरणकारीलाई चिनेकै भरमा जेठ २६ गते घर्ती अपहरणमा परेका थिए । स्काभेटर ठेक्का दिएवाफतको पैसा लिन रुकुम जान लागेका घर्ती सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङ्ग र रिमको बीच जंगलमा पर्ने शितल बजारबाट राजकुमार श्रेष्ठसंगै अपहरणमा परेका थिए ।

अपहरणकारीको समूहले सल्यानको झिम्पेमा जेठ २९ गते घर्तीको हत्या गरेको प्रहरीको बयानमा बताएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ ।

यसैबीच दाङ जिल्ला उद्योग बाणिज्य संघले ब्यबसायी अपहरण पश्चात गरिएको हत्याप्रति दुख ब्यक्त गरेको छ । जेष्ठ २६ गते आफ्नो व्यवसायीक कामको सिलसिलामा रुकुम तर्फ जादै गरेका घोराही—१२ हापुरका २८ वर्षिय रणवहादुर घर्तीलाई तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसंगै अपहरण गरी हत्या गरेको घटनाप्रति दुख ब्यक्त गरेको हो ।


दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे र महासचिव दिपक सुबेदीले आज एक सयुक्त विज्ञप्ती जारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या भएको खवर सुस्ताउन नपाउदै अर्का व्यवसायी घर्तीको क्रुर तवरले गरिएको हत्या अमानवीय, निन्दनीय हुनुका साथै घटनाको घोर भत्र्सना गरेको उल्लेख गरेका छन् ।

अपहरण पश्चात हत्या गर्ने क्रियाकलापले व्यवसायीक वातावरणमा नकारात्म प्रभाव पार्ने भन्दै संघले मानिसको बाच्न पाउने अधिकारको ज्ञारेण्टी स्थानीय प्रशासनसंग माग गरिएको छ । यस्ता अपराधीक घटनाले आम जनमानसको मनोविज्ञानमै असर पु-याउने भन्दै घटना हुन नदिन सम्बन्धित निकायसंग माग गरिएको छ ।

 

प्रतिकृया

प्रतिकृया