शरद रेग्मी,  दाङ
९-भदौ /  दाङमा डेगु रोगका विरामीहरु फेला परेका छन् । वर्षायामको अन्त्य संगै विरामीहरु फेला पर्न लागेका हुन । उनीहरुलाई तुलसीपुर स्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पश्चिम दाङका विरामीहरु उपचारका लागि सिटी अस्पतालमा भर्ना भए पछि उनीहरुलाई डेगु रोग देखा परेको अस्पताल एमडी डा. सुवोध कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा पांच जना डेगु रोगका विरामीहरु भर्ना भएका थिए । भर्ना भएका मध्ये स्थानिय वर्ष २३ की रेणु चौधरी र शान्तिनगर २ निवासी ३५ वर्षकी पुष्पा खत्री पांच दिन पछि अवस्था सामान्य रहेको हुदा शुक्रवार डिसचार्ज गरिएको छ ।

त्यस्तै तुलसीपुर ६ निवासी राज कुमार चौधरी र तुलसीपुर ५ निवासी अनिता वि.क.लाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका एविविस एमडी डां साहिल भुसालले जानकारी दिए ।उनका अनुसार मौसम परिवर्तन र लामखुटृेको टोकाई तथा पानीका कारण यो रोग लाग्ने गर्दछ ।

तुलसीपुर अस्पतालले ३ जना विरामीको सफल उपचार गरी उनीहरुलाई डिसचार्ज गरिएको छ भने अन्य ३ जना लाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको छ । हामीले अवस्था जटिल देखियो भने मात्रै वाहिर रिफर गर्छौ । अहिले विरामीको अवस्था सामान्य रहेको छ । अस्पतालका डा.साहिल भुसालले वताए ।

यता जिल्लाका ठुला अस्पताल राप्ती अञ्चल अस्पताल र राप्ती उपक्षेत्रिय अस्पतालहरुमा अहिले सम्म डेंगु रोगका विरामीहरु फेला नपरेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

 

प्रतिकृया

प्रतिकृया