प्रतीक्षा पौडेल,
म मात्र छैन होइन होला आज यसरी बोलेको सबै बोल्छौ हरेक क्षण बोल्छौ।तिमी मात्र मनले बोल्छौ म मन र मुख दुबैले बोल्छु। हुन त मैले पनि सोच्छु मनले तर जे कुरा मनले सोच्छु नि त्यो कुरा कसरी मुखले प्रस्फुटन गर्नु पर्छ त्यो मलाइ आउँछ।

हामी धेरै गर्छौ राजनीति वादका कुरा धेरै गर्छौ समाज वादका कुरा तर हामीलाई नै थाहा हुदैन कि राजनीति भनेको त्यही समाजलाइ एउटा नया ढङ्गले अगाडि बडाउनको लागि खोलिएको सामाजिक संघसंगठन हो ।

लाज लागेर आयो आज आफैलाइ देख्दा । आज थाहा पाए जीवन दर्शनले मानविय धरातललाइ एक दमै फराकिलो पारेको रहेछ। जति सुकै किताबका पानाहरु घोत्लिए पनि हाम्रो जीवन दर्शन फरक रहेछ।

जब जनताले वाटो बिराउछ तब देशले बाटो बिराउछ । देशले सुन्दर अनुहार देख्नुको साटो कुरुप अनुहार पाउछ। खोक्रीएको देशमा पारखीहरु धेरै छन। सुन्दर बस्तु वा ब्यक्ति नै किन नहोस सबैको प्यारो हुन्छ ।आज हाम्रै अगाडि हाम्रो देशमा होड बाजि भैरहेको छ। तर एउटा कुरा नभुलौ युद्धले जति सुकै देश खोक्रीए पनि परोक्ष रुपमा सुन्दरता लुकेको छ।

किनकी हरेक मानिसले आफुलाइ राम्रो बनाउन खोजी रहेको हुन्छ।आन्तरिक रुपमा भएको राम्रो गाडा हुन्छ।तर बाह्य् रुपमा भएको गाडा पनि फिक्का भएर जान्छ।राजनितीका रङ्गिन आखिझ्याल बाट हेर्दा त नेपालका सुन्दर अनुहार हरु देखिएला।परन्तु समग्र परिवेश र परिस्थितिलाई त्यसले नजर अन्दाज गर्न सक्दैन र मिल्दैन पनि।

यहाँ हरेक कामहरु एक अर्कामा साटिएका छ्न।स्वार्थको स्वाद मानौ कुनै ललिपपको जस्तो व्यबहार पाइदैन यहाँ।हामिले धेरै पढ्यौ कितबी कुरा ,धेरै गर्यौ राजनीति वादका कुरा,अनि धेरै देखाएउ सैदान्त वादको आचरण।जे जति पढे पनि,जे जति गरे पनि,जे जति देखाए पनि।मात्र आफू बाच्ने र केही समयका लागि मात्र बाच्ने अबसरबादलाइ मात्र प्रमुख स्थान दिन्छौ।

जनता एक खुल्ला बिश्वबिद्धालयको सजिब पाटो हो।जसलाइ हरेक कोण प्रतीकोण बाट बिश्लेषन गर्न सकिन्छ।तर जनतालाइ जन्तीको रुपमा लैजाने परिपाटिले राजनिती सस्कार र सस्कृतीमाथी धमिरा लाग्दै गएको छ।तैपनी खोक्रीएका देशका सुन्दर अनुहारहरु आफुलाइ दिर्घजिवी बनाउने प्रयास गर्दैछन।

केबल शब्द र भाषणमा सुन्दर र नया नेपाल बनाउने सपथ लिएका र कल्पना बोकेका नाइकेहरु एक चोटि हेर त सैद्धान्तिक,राजनीतिक कुरा गर्दा गर्दै तिम्रो अनुहार कति खोक्रीदै गएको छ दिन प्रतिदिन ।

प्रतिकृया

प्रतिकृया