तुलसीपुर,
१९-असोज / प्राज्ञ डा. अमर गिरीको वजारीकरणको वढ्दो प्रभावले अहिलेको साहित्य चटपटे जस्तो हुँदै गएको वताएका छन् । वजार प्रवद्र्धन र वजारीकरणको विचमा निकै ठुलो भिन्नता रहेको वताउदै गिरीले राम्रो पुस्तकको वजार प्रवद्र्धन गर्नु सकारात्मक कुरा भएपनि वजारको मागलाई हेरेर पुस्तक लेख्नु भने साहित्यका लागि निकै डरलाग्दो कुरा रहेको वताए । साहित्यमा आम मानिसका कथा निकै कम अटाएको भन्दै गिरीले थपे “ साहित्यमा नविक्ने मान्छेका कथा अटाउन छाडेका छन् ”

युवा कथाकार महेश पौडेलको कथा संग्रह त्यसपछि फुलेन गोदाबरीको परिचर्चा कार्यक्रममा वोल्दै प्रमुख अतिथि गिरीले कथासँग्रहले कहिल्यै वोल्न नचाहने र वोल्न नपाएका पात्रलाई समेटेको वताएका थिए । पुस्तकका समिक्षक सुर्य विसीले नेपाली समाजले नाङ्गो आँखाले देख्न नसक्ने केवल महसुस मात्रै गर्न सक्ने पात्र र कथालाई पुस्तकले न्याय गरेको वताए । काल्पनिकता र यथार्थताको धरातललाई कथा संग्रहमा वेजोडसँग समायोजन गरिएको पनि उनले वताए ।

पुर्विय दर्शनका चिन्तक चिन्तामणी योगीले कथाहरु मनको भित्रि तहलाई छुने मन्त्रजस्ता रहेको वताए । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टिकाराम उदासीले स्वागत गरेका थिए भने सहजिकरण साहित्यकार वसन्त विवश आचार्यले गरेका थिए ।




 

प्रतिकृया

प्रतिकृया