प्रतीक्षा पौडेल 
वास्तवमा अचम्मित हुन्छु म। किन यहाका शासकहरु,समाजसेविहरु,आदर्शका उपदेशकहरु नयाँ युगलाइ चाहिने नयाँ कलाको समृद्धिका लागि सोच्दैनन ? यहाँका हरेक मन्दिर,गजुर र भित्ताहरुलाइ हेरेर हजारौ वर्ष अघिका कलाकारहरुका अनुहार आखामा नाचिरहदा भोलिको पुस्ताले आजलाई के मा सम्झिने ? कसरी सम्झिने।

. एउटा मोनालिसाको चित्र बनाउने फ्रान्सेली कलाकार दा भिन्चिको नाम संसारभरी जपिरहेका बेला हाम्रा भित्तामा कुदिएका चित्रको चित्रकार को थियो होला रुखै हाम्रा सारा चित्रकारहरुको नामावली रुखै तिनीहरुको जिवनी

. त्यसैले म भन्ने गर्छु। हामी मात्र किताबी किरा हौ। हामीले मात्र यति जान्ने र बुझ्ने गर्छौ कि यो मन्दिर फलानो राजाले बनाएको,यो दरवार फलानो सासकले बनाएको।तर हामिले कहिले पनि जान्ने र बुझ्ने कोसिस सम्म पनि गरेनौ कि ती भित्तामा बुट्टाहरु कप्ने कलाकारको थियो। को थियो त्यो वीर कलाकार जस्ले हात बाट रगतका धारा बगाउदै छिनो खेलाउदै बुट्टा कुद्ने र कसले कोरेको बुट्टाहरु हो यो जहाँ युगको,सभ्यताको,संस्कृतिको प्रतिबिम्ब नै उतारिएको हुन्छ।



. एउटा धनी ब्यक्ति जसले आफ्नो राजत्तो बोकेको हुन्छ। उसले आदेश दिन सक्छ।धन खर्च गर्न सक्छ।ज्याला दिन सक्छ तर के त्यसले त्यस्ता राम्रा राम्रा बुट्टाहरु आफैले कप्न सक्छ।

प्रत्येक बुट्टाहरुमा कुदिएका धर्काहरु र तिनलाइ पिट्ने छिनो र मार्तोल खेलाउने हातहरुको कुनै मुल्य छैनरुइतिहासले अध्यारोमा फ्याकेका कलाकारका अवशेषहरु आज पनि उस्तै अज्ञात अनुहार हिडिरहेछन सडकमा,ढुङ्गा कपिरहेछन बगरमा। तर हामी कस्को नाम जपेर हिड्ने गर्छौ ? उहि राजा महाराजाहरुको या उनै धनी सासकहरुको। जब जब म यी कलाका नजिक पुग्छु भाबुकताले नराम्रो गरि गाज्ने गर्छ।

 

प्रतिकृया

प्रतिकृया