मेगराज खड्का, रुकुम
२१-असोज / रुकुममा व्यवसायिक रुपमा केरा खेती गर्नेहरुको सख्या बढ्दै गएको छ । थोरै पुँजिबाट धेरै आम्दानी गर्न सकिने र कृषि कर्म अन्य अन्नबाली भन्दा कम गर्नुपर्ने भएका कारण कृषकहरु पछिल्लो समय व्यवसायिक केरा खेती तर्फ आकर्षित भएका हुन ।

त्यस्तै दिनानुदिन बजारको माग बढ्दै जानु, स्वास्थ्यको दृष्टिकोणले फाईदाजनक, चाडपर्वहरुमा विशेष महत्व राख्ने र केरा खेती सँगै घुसुवा बालिको रुपमा अन्य छिट्टै उत्पादन दिने किसिमका बालीबाट पनि मनग्य आम्दानी गर्न सकिने हुँदा जिल्लामा केरा खेती गर्नेहरुको संख्या बढ्दै गएको हो । रुकुमको बाँफिकोट, झुला, छिबाङ, गरायला, सिम्ली, अर्मा र पुर्तिमकाँडा गाविसमा पकेट क्षेत्रको रुपमा व्यवसायिक केरा खेती गर्ने गरेको पाईन्छ ।

रुकुम बाँफिकोट गाउँपालिका ९ छिनखेतका कृषक बल बहादुर शाहीले धान लगाउने ठुलो जग्गामा केरा खेती गरेका छन । ‘अन्य व्यवसाय भन्दा सरल र सहज अनि फाईदाजनक भएका कारण मैले केरा खेती गर्न थालेको हुँ’ उनले भने, ‘यसअघि धान खेती गर्ने जग्गामा यसपटक करिब ५ सय केटाको बोट लगाएको छ ।’ ‘पछिल्लो समयमा सदरमुकाम तथा अन्य बजार केन्द्रहरुमा केराहरुको माग बढेपछि केरा खेतीतिर लागियो’ अर्का केरा कृषक कमला शाहीले भनिन, ‘हाम्रो गाउँठाउँमा केराको लागि पनि उपयुक्त माटो रैछ, बिभिन्न ठाउँमा उत्पादन राम्रो भैरहेको छ ।’

उनका अनुसार अन्न बालीभन्दा खेरा खेतीबाट तेब्बर आम्दानी हुने अन्य कृषकहरुले बताएपछि आफु पनि यसतर्फ लागेको भनाई छ । व्यवसायिकद केरा खेतीमा यो त केवल उदाहरणीय क्षेत्र र ब्यक्ति मात्र हुन गाउँघरमा पछिल्लो समय यस्तै किसिमका व्यवसाय गर्नेहरुको संख्या रुकुममा क्रमस बढ्दै गरेको छ ।




 

प्रतिकृया

प्रतिकृया