मेगराज खड्का,रुकुम
२२ असोज/ रुकुम सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा जारी रुकुम पर्यटन तथा सास्कृतिक महोत्सवको मुख्य आकर्षणको रुपमा मुरुभुमिमा पाईने जनावर उट देखिएको छ ।

महोत्सव हेर्न आउने अधिकांस अवलोकनकर्ताहरुले उट हेरेर मात्र फर्किने गरेका छन । उटले गालामा किस दिएर माया गर्ने, नेपाली गीचमा नाच्ने, ह्यान्डचेक गर्ने लगायतका बिभिन्न प्रस्तुतीहरु देखाउने गरेको छ ।

उट बुटवलका शिबलाल गौतमले महोत्सवको प्रर्दशनका लागि जिल्लामा पहिलो पटक भित्र्याएका हुन ।२ बर्ष अघि भारतको राजस्थानबाट करिब १० लाखमा ल्याएका उनले बिभिन्न महोत्सवहरुमा स्टलको रुपमा राखेर टिकट सो मार्फत आम्दानी गर्दै आएका छन ।

सञ्चालक गौतमले रुकुममा पहिलो पटक उट ल्याएका कारण पनि महोत्सवमा उट हेर्नेहरुको संख्या बढी रहेको बताए । तस्बिर र भिडियोहरुमा मात्र उट हेरेका रुकुमेलीहरु प्रत्यक्ष रुपमा हेर्न पाउँदा दंग परेका छन । महोत्सवमा पहिलोपटक उट हेरेका रुकुम खलंगा गणेश बिक महोत्सवमा उट हेर्ने काम आफ्नो लागि नयाँ अनुभव भएको बताए ।

असोज १९ देखि शुरु भएको महोत्सव ३० गते सम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए । उनका अनुसार महोत्सवमा दैनिकजसो आउने दर्शकहरु बढिरहेको छ । महोत्सवमा दुई दर्जन बढी बिभिन्न साँस्कृतिक तथा ब्यवसायिक स्टलहरु रहेका छन ।

चाडपर्बका कारण व्यापारिक स्टलहरुमा किनमेलको भिड रहेको छ । महोत्सवमा नेपाली चलचित्रका नायक भुवन केसी र झरणा थापा लगायतका अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती देखाईसकेका छन भने अन्य चर्तित कलाकारहरुको दैनिकजसो प्रस्तुती रहने आयोजकले बताएको छ ।

प्रतिकृया

प्रतिकृया