शंकर के सी, सल्यान
२३-असोज /  सल्यान जिल्लाको मुख्य बजारको रुपमा रहेको श्रीनगरमा अव्यवस्थीत सवारि पार्किङ र छाडा रुपमा रहेका पशुचौपायालाइ नियन्त्रण गर्न नगरपालिकाले पहल नथालेको गुनासो बढेको छ ।

बजार क्षेत्रको सडकमा जथाभावि गाडी पार्किङ गर्दा र पशुचौपाया छाड्नाले बजार कुरुप बन्दै गएको र दुर्घटनाको जोखिम बढेको थाहा हुँदाहुँदै पनि शारदा नगरपालिकाले कुनै चासो नदिएको स्थानीयहरुले गुनासो गर्न थालेका छन् ।

बजार व्यवस्थापन समितीले बजारलाइ शुन्दर र व्यवस्थीत बनाउन प्रयास गरेपनि नगरपालिकाले सहयोग नगरेको जनाइएको छ । ‘हामीले जथाभावि गाडी पार्कीङ गर्ने र पशुचौपाया बजार क्षेत्रमा छाड्नेलाइ कारवाहि त गर्दै आएका छौं,’ श्रीनगर बजार व्यवस्थापन समितीका अध्यक्ष सुरेन्द्र बुढाले भने– ‘तर ढुलाबडाले नै अटेर गर्छन्, उनीहरुलाइ कारवाहिको दायरामा ल्याउन नगरपालिकाले कदम चालेको छैन ।’ यसले गर्दा आफुहरुलाइ काम गर्न निकै समस्या परेको पनि उनले बताए ।

छाडा पशुचौपायाको बिगबिगी हुँदा सडक दुर्घटना बढ्दै गए पनि नगरपालिकाले व्यवस्थापनको कदम नचाल्दा स्थानीयहरुले आवाज उठाउन थालेको बुढाले बताए । ठूलाबडा भन्नेहरुले नियम विपरित बजारको सडकविचमै गाडी पार्किङ गर्दा र बेबारिसे चौपायाको संख्या बढ्दै जाँदा ट्राफिक चुनौती पनि थपिँदै गएको छ ।
बजार व्यवस्थापन समितीका अध्यक्ष बुढाले भने– ‘हाम्रो समितिले पटक पटक आग्रह गर्दा पनि आफुलाइ ठूला भन्नेहरुले नै अटेर गर्छन्, सर्बसाधारण लाई कार्बाहि गर्दा ठुलाबडा खुसि हुन्छन, ठुलाबडालाई कारबाहि गर्न खोज्दा हामीमाथी नै बल प्रयोग गर्न आउँछन् ।’

सडकमा छाडिएका छाडा पशुचौपायाले गर्दा नगरको जनजीवन अस्तव्यस्त बनेको देखन सकिन्छ । ठाउँ–ठाउँमा बीच सडकमै आएर पशुचौपाया बसी दिँदा ओहोरदोहोर गर्नसमेत निकै कठिनाइ हुने गरेको छ ।

छाडा पशुचौपायाले गर्दा मोटरसाइकल, गाडी दुर्घटनाको जोखिम बढ्दै गएको छ । बीच सडकमा पशुचौपाया उभिदिनाले गाडी चालकले सवारी साधन रोकेर पशु धपाएर साधन अगाडि बढाउन बाध्य भएको उनीहरू बताउँछन् ।

तर, छाडा छोडिएका पशुचौपायालाई नियन्त्रण गर्नेतर्प न नगरपालिका नै गम्भीर रूपले लागेको छ न त ट्राफिक प्रहरी नै । यसबारेमा शारदा नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि नगरपालिकाले कुरा सुन्ने प्रयास नै नगरेको बजार व्यवस्थापन समितीको भनाइ छ ।




प्रतिकृया

प्रतिकृया