मेगराज खड्का,रुकुम
२४असोज / नेकपा माओबादी केन्द्र रुकुमले आगामी निर्बाचनका लागि उम्मेदवारहरु टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ । जसमा गृहमन्त्री जनार्दन शर्मा देखि जिल्ला पार्टी अध्यक्ष गोपाल शर्मा सम्म रहेका छन ।

सदरमुकाम मुसीकोटमा बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारमा गृहमन्त्री जनार्दन शर्मालाई सर्वसम्मतले सिफारिस गरेको छ ।त्यस्तै प्रदेश सभामा क्षेत्र नं. २ वाट जिल्ला पार्टी संयोजक गोपाल शर्मालाई गरेको छ भने क्षेत्र नं. १ मा भने उम्मेद्धारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारीस गरिएको नेकपा माओबादी केन्द्र रुकुमले जनाएको छ ।

जसमा बिमला केसी, महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, वुद्धिप्रसाद शर्मा, वसन्त शर्मा, कलवहादुर नाथ र जयवहादुर पाण्डेलाई सिफारिस गरिएको छ । प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ निमवहादुर बुढाथोकी, मिलन खड्का, पहलसिंह घर्ती, दिपेन्द्र विक, लक्ष्मी शर्मा र लुम्बीनी गौतमको नाम सिफारिसमा परेको छ ।

त्यस्तै प्रदेश सभाको लागि समानुपातिकतर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गरि पठाउने निर्णय गरेको छ ।

प्रतिकृया

प्रतिकृया