दशरथ घिमिरे,देउखुरी
२६ असोज/ लमही–घोराही सडक खण्डको अर्जुनखोला देखी उत्तरतर्फ रहेको वस्ती कुलमोड हो । हेर्दा सुन्दर देखीने यो कुलमोड गाउँले धेरै खालका समस्या भोगीरहेको छ ।

चुनावको समयमा धेरै नेता गाउँ पस्दै आश्वासका थुप्रै पोकाहरु खोलेका थिए तर, अहीले तिनै आश्वासन भुल्न थालेपछी गाउँलेहरु चिन्तीत हुन थालेका हुन् । ‘भोट माग्न आएका नेताहरुले पानी दिन्छम भने, नयाँ ट्रान्सर्फमर जडान गर्दिन्छौं भने, अर्जुन खोलाले कटान गरेको क्षेत्रमा तटबन्ध, पुरानो रोडको ग्रावेल सवै गर्दिन्छौ भने, अहीले चुनाव जितेर कुर्सीमा वसेका छन् । तर, हाम्रो गाउँको एउटा पनि समस्या समाधान भएको छैन्, विद्युत छ तर, पाँच वाटको वल्व पनि वल्दैन ।

लमही नगरपालीका वडा नंं ६ कुलमोड निवासी विरबहादुर गिरीले भन्नुभयो–‘चुनाव जिताएर पठाऔं तर, अहिले सम्म केही भएको छैन् । नेताले चुनाव जिते तर, चुनाव जितेर पाईलै टेकेका छैनन् ।’ भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि नेताहरु गाउँ पसेर आश्वासनका थुप्रै पोकाहरु खोलेका थिए । तर, चुनाव सम्पन्न भएपछी आफ्ना समस्या सुने, नसुनेझै गर्ने गरेको विरबहादुरले गुनासो पोख्नु भयो ।‘ फेरीपनि चुनाव आउन लाग्यो, यो चुनावमा हाम्ले बिचार गर्ने हैन, अब नेताले बिचार गर्नुपर्ने वेला आएको छ’उहाँले भन्नुभयो–‘ट्रान्सफर्मर सम्म जोड्न नसक्ने नेताको के काम ।’विद्युतको पोल गाड्ने वेला, तार झुण्ड्याउने वेला कुलमोडका स्थानीय नागरिकमा वेग्लै उत्साह थियो ।

गाउँमा तार टागेर विद्युत जडान गरेको तिन वर्ष वितेको छ । तर, एक दिन राम्रो संग वत्ति वलेको छैन् । कम भोल्टेजको समस्या यहाँका ९० घरधुरीका नागरिकले नराम्रो संग भोगेका छन् ।‘बिजुलि जोडेदेखि कम भोल्टेचको समस्या छ, हाम्रो समस्या काठमाण्डौं सम्म पुग्यो तर, सुनुवाई भएको छैन्’स्थानीय स्याम्सोन गिरीले भन्नुभयो–‘पङ्खा चल्दैन, बत्ती वल्दैन्, तल खोलामा पानी वगेको छ तर, हामी मोटर लगाएर तान्न सक्दैनौं ।’ ट्रान्सर्फमर नयाँ राख्नुपर्ने माग राख्दै दिपज्योती ग्रामिण विद्युतीकरणको कार्यालयमा डेलीगेसन गएको धेरै भैसक्यो तर त्यहाँ वाट आज हुन्छ, भोली हुन्छ भन्दै टार्नेगरेको गुनासो कुलमोड वासीले पोखेका छन् ।

गाउँको समस्या समाधान गर्न कसैले ध्यान दिएका छैनन् । लमही नगरपालीकामा गाउँको समस्या लगेर गाउँलेहरुले पुगेपनि आश्वासन मात्रै पाएको वताएका छन् । यता दिपज्योती विद्युत प्रालीका प्रमुख वासुदेव गौतमले भोल्टेज कम हुने समस्याको समाधान गर्न प्रकृया अघि वढीसकेको वताउनु भयो ।‘समस्याको वारेमा जानकार छौं, समाधानको लागी प्रकृया अघि वढेको छ’उहाँले भन्नुभयो–‘केही समय पर्खीनुपर्ने भएको छ, केन्द्रमा रोकीएको फाईल अघि वढेको छ ।’

प्रतिकृया

प्रतिकृया