तुलसीपुर
२६ असोज/ दाङमा प्रहरीले जुवा खेल्ने गिरोह माथी कार्वाहीलाई तिब्र बनाएको छ । चाडपर्ब नजिकिदै गर्दा रमाईलोका नाममा जुवाको धन्दा नै चलाउनेलाई दाङ प्रहरीले दैनिक जसो पक्राउ गर्दै आएको छ ।

दाङको शान्तीनगर गाउपालीका बाट ९ जना जुवाडे पक्राउ परेका छन् ।  प्रहरीले शान्तीनगर गाउपालीकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा  खेलिरहेका ९ जना लाई पक्राउ गरेको ई प्र का तुलसीपुरले जनाएको छ ।

उनिहरुलाई जुवाको खालबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा,
१. जिल्ला दाङ शान्तीनगर गाँउपालीका वडा नं.५ धनौरी वस्ने वर्ष ३३ को गोविन्द वस्नेत ।
२. ऐ.ऐ।वस्ने वर्ष २८ को राम चौधरी ।
३. ऐ.वस्ने वर्ष २९ को हर्क वहादुर विष्ट ।
४. ऐ.२ विष्णुपुर वस्ने वर्ष २३ को डील्ली वहादुर वली ।
५. ऐ.वस्ने वर्ष ५० को विर वहादुर विष्ट ।
६०ऐ.वस्ने वर्ष ३४ को भिम वहादुर खड्का ।
७. ऐ.वस्ने वर्ष ३४ को कर्ण वहादुर परीयार ।
८. ऐ.वस्ने वर्ष ५५ को रत्न वहादुर विष्ट ।
९. ऐ. वस्ने वर्ष ३९ को फर्साराम डागि  रहेका छन ।

 

प्रतिकृया

प्रतिकृया