घोराही
२६ असोज/ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सेवाग्राहीलाई केन्द्रमा राखेर छिटो छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन । बिहिबार कार्यकारीको स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरि सेवा दिन निर्देशन दिएका हुन ।

कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको सरुवा भएपछि बिदाई र सरुवा भएर आउनुभएका ऋषिराम केसीलाई स्वागत गर्दै नगर प्रमुख चौधरीले जनताको मन जित्ने गरी सेवा प्रबाहमा खट्न कर्मचारीहरुलाई निर्देशन दिए । जनप्रतिनिधी र कर्मचारीहरुको पहिलो काम सेवा प्रबाह क्षेत्रलाई छिटो छरितो बनाएका नगर प्रमुख चौधरीको भनाई छ । अन्य पूर्बाधार बिकासका कामहरु बिस्तारै हुदै जाने भए पनि दैनिक दिईने सेवा प्रबाहलाई गुणस्तरीय बनाउने कामलाई एक छिन पनि नरोक्न निर्देशन दिए ।

स्वभाब, शैली र व्यवहारमा शिष्टता र सेवा प्रबाहमा पारदर्शिता नै कर्मचारीको जिम्मेवारी भएको बताए। जनप्रतिनिधी र कर्मचारीको समन्वयबाटै नगरलाई संबृद्ध बनाउने भुमिकामा सकृय बन्नु पर्ने दायित्व रहेको बताए । जनताको बिश्वासलाई टुट्न नदिई काममा पारदर्शिता र सेवामा छरितो ल्याउनु नै मुख्य जिम्मेवारी सम्झन उनले आग्रह गरेका छन ।

कार्यक्रममा उप प्रमुख सीता न्यौपानेले आफ्नो काम, कर्तव्य र जिम्मेवारीलाई मुख्य दायित्व सम्झन कर्मचारीहरुलाई निर्देशन दिए। सेवाग्राहीलाई खुशी बनाएर कार्यालयबाट फर्कने बाताबरण बनाउन आफुहरु प्रतिबद्ध रहेको समेत उनले बताए । कार्यक्रममा कार्यकारी अधिकृत केसीले सेवाग्राहीलाई सन्तुष्ट पार्ने र नगरको बिकासमा आफ्नो जिम्मेवारीलाई पुरा गर्ने सवालमा आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमको सहजिकरण शाखा अधिकृत शुबोध रेग्मीले गरेका थिए । यसैबिच कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष समेत रहनुभएका कार्यकारी अधिकृत सापकोटालाई केन्द्रले बिदाई गरेको छ । केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सापकोटालाई बिदाई गरिएको हो । बिदाई कार्यक्रमको सहजिकरण प्रशासकिय अधिकृत अमरराज शर्माले गरेका थिए । सापकोटाको घोराहीबाट बुटवलको तिलोत्तमा नगरपालिकामा सरुवा भएको छ ।

प्रतिकृया

प्रतिकृया