शिवु खनाल,देउखुरी
२६ असोज /गढवाको वालापुरमा बिहिवार विहान ९ बजे एक दुर्लभ जिव अजिंगरको बच्चा फेला परेको छ । गढवा वडा नं ६ परिचोंक निवासी युवराज आचार्यले अजिंगर फेला पारे पछि सेक्टर वन कार्यालयमा खबर गरेका थिए ।

सेक्टर वन कार्यालय गढवाको वनरक्षक सहितको टोलिले उक्त अजिंगरलाई संरक्षणकालागि गढवा वडा नं ५ स्थित चिउरिघाट र भवानी सामुदायिक वनको संगम स्थलमा रहेको पनसेहवा सिमसार क्षेत्रमा लगि छोडेको सेक्टर वन कार्यालय गढवाका सहायक वन अधिकृत चन्द्र गुरुङले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया