सरिता चलाउने,सल्यान
२६ असोज /सल्यानमा करेन्ट लागेर एक महिलाको मुत्यु भएको छ । शारदा नगरपालिका ६ खाति गाउ कि ५० वषिय मंगली वलीको हाई भोल्टेजको विद्युत प्रवाह हुँदा आज बिहान मुत्यु भएकोे हो । पोलवाट हाईभोल्टेजको विद्युत प्रवाह हुदा वलीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै करेन्ट लागेकी श्रीमतिलाई निकाल्न खोज्दा श्रीमान ज्ञानवहादुर वली घाईते भएका छन् । घाईतलाई उपचारका लागि जिल्ला अस्तापल सल्यान ल्याईएको प्रहरीले जनाएको छ ।

बिजुलीको फलामको पोलमा राखिएको डि आईरन ईन्सुलेटर बाट तार चुडिएर पोलमा जोडिएको त्यो जमिन चिसो भए पछि पोल बाट करेन्ट बगेर जमिनमा छोएका कारण करेन्ट लागेको प्रहरी स्रोतको अनुमान छ ।

प्रतिकृया

प्रतिकृया