तुलसीपुर
२६ असोज / नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष डा. चेतराज पन्तले चेतनाको अभावमा धेरैले दृष्टि गुमाउनु परेको बताएका छन् । नेपाल नेत्रज्योति संघ दाङको १५औ वार्षिक साधारण सभामा तथा विश्व दृष्टि दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले आँखामा आउने सानो समस्यालाई पनि सामान्य अवस्थामा लिई समयमै आँखा उपचार केन्द्रमा नआउँदा दृष्टि गुमाउनु परेको तितो यथार्थता नेपालमा रहेको उनको भनाई थियो । ‘आँखामा सानो समस्या आउदा लापरवाही र त्यसको ज्ञान नहुदा धेरैले अनाहकमा अन्धोपनको सामना गर्नुपर्छ उनले भने ।’ मानवअंग मध्य महत्वपुर्ण मानिने आँखाको दृष्टि गुमाउँदाको पिडा गुमाएकाहरुलाई मात्र हुने भन्दै उनले आँखाको उपचारमा ख्याल ठट्टा नगर्न सवैलाई आग्रह गरे ।

एनएवीपी अन्तराष्ट्रिय दातृनिकायको सहयोगमा नेपाल नेत्रज्योति संघ केन्द्रले नेपालका १८ जिल्लामा अस्पताल र ५०बढि स्थानमा आँखाउपचार केन्द्र सञ्चालन गरि धेरैलाईपुनः दृष्टि प्रदान गरेको उनले बताए ।पन्तले नेपालको सविंधानले स्वास्थ्य सेवालाई मौलिकहकका रुपमा स्थापित गरेपनि दातृनिकायको निगाहमा सञ्चालनमाआएका आँखा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा राज्यले चासो नदिएको भन्दै आँखा अस्पतालहरुको संरक्षण र सञ्चालनमा अव राज्यले पनि सहयोग गनुपर्नेबताए  । उनले सधै वाहिरको सहयोगमा मात्र अस्पताल नचल्ने बताए ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति एव केन्द्रीय सदस्य कृष्णकुमार गिरीको अध्यक्षता केन्द्रीय उपाध्यक्ष डा. चेतराज पन्तको प्रमुख आतिथ्यता तथा नेपाल नेत्रज्योति संघका संस्थापक अध्यक्ष डाक्टर घनश्याम डाँगीको विशिष्ट अतिथिमा भएको कार्यक्रममा डाक्टर डाँगीले नेत्रज्योति संघ दाङको सक्रियतामा सञ्चालनभएको राप्ती आँखा अस्पताल राप्तीकै गहना भएको भन्दै अस्पतालको प्रगति स्थाइत्व र नागरिक मैत्रि बनाउन कार्यसमितिलाई सुझाव दिनुभएको थियो ।

लामो समय नेत्रज्योति संघको अध्यक्षमा रहि जिम्मेवारी वहन गरेका डाक्टर डाँगीले सहयोगी दाताकोसदासाहेताले अस्पताल यहाँ सम्म आएको भन्दै अस्पतालको माष्टर पलान अनुसार विकास गर्न अस्पताललाई अझ धेरै सहयोगी दाताहरु अपेक्षामा राप्ती अाँखा दातृनिकाय र जिल्लावासीको सदासाहेताले अस्पताल यहाँ सम्म आईपुगेको बताएका थिए । 

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव शुरेन्द्रवहादुर खडकाले रुकुमको चौरजहारीमा आँखाउपचार केन्द्र सञ्चालन , राप्ती आँखा अस्पताल रक्षाचौरमा निर्माणाधिन ओपिडि भवनको पुर्णता, सवै आँखाअस्पतालहरुमा ल्याव सेवाकोपहुँच पुर्याउने , आँखा स्वास्थ्यकार्यक्रम राप्ती र वहादुरगंजको कार्यविधि निर्माण गरि प्रकृया अघि वढाउने अत्याधुनिक उपकरणहरुको माध्यमवाट उपचार सेवा विस्तार गर्ने नेपाल नेत्रज्योति संघको आगामि वर्षको कार्यक्रम रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्यले ११लाख ७हजार ९सय ३७ को आयव्यय विवरण पेश गरेकाथिए भने राप्तीआँखा अस्पतालको १०करोड १३ लाख ४७हजार वरावरको आयव्यय प्रस्तुत गरेकाथिए । राप्ती आँखा अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेलले अस्पतालले सन २०१७ को आठ महिनामा १लाख ५३ हजार ३सय ३३ आँखका विरामीहरुलाई उपचार सेवा दिई ७६ प्रतिशत लक्ष्यहासिल गरेको वताए ।

उनले राप्ती आँखा अस्पताल रक्षाचौर दाङले राप्तीमा ०.८७५ अन्धोपन रहेकोमा हाल आयर ०.१३५ मा अन्धोपन घटाएको र अस्पतालले हाल सम्म २० लाख ३० हजार ४९० जनसमुदायहरुलाई आँखा स्वास्थ्य सेवा दिएको र जस मध्य करिव १ लाख ४० हजार २६९ जनालाई शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताएको छ । कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गिरीले सवैको साथ र सहयोग वाट अस्पतालको विकाश भएको भन्दै अस्पताल सञ्चालनमा धेरै समस्या रहेको बताए । उनले पछिल्लो समयमा अस्पतालले धेरै प्रगति गरेको भन्दै अझै अस्पताललाई आत्म निर्भर गराउन आफुले प्रयत्न गरेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य हरिहर पौडेलले पहिलो जिल्ला वाहीर आँखाको सेवा लिन जानुपरेको भन्दै हाल अस्पतालले दिएको सेवा राम्रो भएको बताए ।
नेत्रज्योति संघ दाङका सल्हाकार शंकर गौतम, नेपाल रेडक्रस शोसायीटि दाङका अध्यक्ष नारायण आचार्य ,राप्तीववई क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपिनाथ
योगी, जिल्ला वनमहासंघ दाङका अध्यक्ष शोभाखर साप्कोटा, दाङ नेत्रहिन संघका सचिव दिलवहादुर खत्री तुलसीपुर खानेपानी समितिका अध्यक्ष खेमराज वली, उद्योग
वाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष ललितजंग शाह, गूरुजजुर माविका प्राचार्य विष्णु प्रशाद आचार्य ,लगाएतले राप्तीआँखा अस्पतालको स्तरवृद्धिमा नेपाल नेत्रज्योति संघले देखाएको सक्रियाताको उच्चमुल्यांकलन गर्दै राप्ती आँखा अस्पतालाई प्रदेशनं ५को केन्द्रीय आँखा अस्पतालका रुपमा विकास गर्न एक पटक राप्तीवासी एक हुनुपर्ने अवसर आएको बताएका थिए ।

उनीहरुले यसमा आफुहरुको सक्दो सहयोग हुने बताएका थिए । नेपाल नेत्रज्योति संघका उपाध्यक्ष रेश्मवहादुर खडकाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शुरेन्द्रवहादुर खडकालेगरेका थिए । त्यसैविच संघले अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेकोअस्पतालका कामु नेत्र अधिकृत शालिकराम गौतमले बताए ।

प्रतिकृया

प्रतिकृया