ओमप्रकाश गुप्ता,सिसहनियाँ
५ कार्तिक/ मोटरसाइकलको ठक्करबाट देउखुरीको विजौरीमा एक बालक गम्भीर घाइते भएका छन् । शनिवार बेलुका सवा ४ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका ८ विजौरीमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे ५ प २१४८ नम्बरको मोटरसाइकल र सो दिशा तर्फ गइरहेको रा १ प ६०६ नम्बरको मोटरसाइकल ठोकिएर पैदल हिडिरहेका विजौरी निवासी अन्दाजी १३ वर्षिय बालक प्रकाश खनाल गम्भीर घाइते भएका छन् ।

घाइते बालकलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने दुवै मोटरसाइक चालक फरार रहेका छन् भने रा १ प ६०६ नम्बरको मोटरसाइकललाई मात्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार चालकहरुको खोजी भइरहेको प्रहरीले बताएको छ । यसै बिच राप्ती गाउँपालिका ८ पिपरीमा विद्युत सर्ट भएर परालको टौवामा आगलागी भएको छ । ट्रक व्याग गर्ने क्रममा विद्युतको तार छोए पछि उक्त आगलागी भएको हो । पराल क-कसको हो भन्ने बारे भने नखुलेको प्रहरीले बताएको छ । आगलागीलाई स्थानीय र लमहीको दमकलले नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया

प्रतिकृया