तुलसीपुर
५ कार्तिक/  तुलसीपुर १३ साजखुटीमा आफ्नै फुपुको छोराको चक्कु प्रहारवाट गम्भिर घाईते भएका सेतीराम रेउलेको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार राती १ बजे ३३ वर्षीय बसन्त बहादुर मह्तराको चक्कु प्रहारवाट घाईते भएका ३४ वर्षीय सेतीराम रेउलेको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

 

साजखुटी लीला बहादुर बिकको घरमा भैलो खेल्ने क्रममा बसन्त बहादुर मह्तराले आक्रमण गरेको प्रहरीले बताएको छ ।ईप्रका तुलसीपुरका अनुसार झगडाको मुख्य जड मदिरा सेवन नै भएको खुल्न आएको जानकारी दिएको छ । चक्कु प्रहारबाट ढाडमा गहिरो चोट लागेको छ ।

चक्कु प्रहारवाट मह्तराको आफ्नै दाजुको छोरी बालिका महतरा पनि  घाईते भएकी छन उनको ढाड र हात काटिएको छ ।चक्कु प्रहार गर्ने मह्तरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रतिकृया

प्रतिकृया