तुलसीपुर  
५-मंसिर /
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा २ का उम्मेदवार उत्तर कुमार वलीले पाँच बर्ष भित्र पश्चिम दाङको मुहार फेरिने बताएका छन् । क्षेत्र नं. ३ का बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै उनले पाँच बर्ष भित्र पश्चिम दाङलाई सम्बृद्ध र बिकसित बनाउने बताए ।

दंगिशरण गाउपालिकाको चुनाबी सभालाई सम्बोधन गर्दै उनले देशभर बामगठबन्धनले दुई तिहाई बहुमतका साथ बिजय हाँसिल गर्ने भन्दै ५ बर्ष सम्म बामपन्थिको स्थायी सरकार निर्माण हुने बताए । बामपन्थिको स्थायी सरकार निर्माण भएमा समग्र मुलुककै सम्बृद्धि हुने भन्दै एक पटक बामपन्थिलाई बिजय गराउन पनि आग्रह गरे ।

काग्रेस पटक पटक सरकारमा रहेपनि अहिले सम्म कुनै उपलब्धि मुलक बिकास निर्माणका काम हुन नसकेको भन्दै अब काग्रेसबाट देशको सम्बृद्ध र बिकास सम्भब नभएको बताए । काग्रेसलाई सरकारमा पठाएकै कारण देश एक सय बर्ष पछि धकेलिएको समेत उनले बताए ।

अहिले पनि काग्रेसलाई जिताउने हो भने देश ५० बर्ष पछि धकेलिने उनको भनाई थियो । वलीले पश्चिम दाङका सडक, खानेपानी, सिंचाईलगायतका समस्या रहेकाले ती समस्या समाधान गर्न भुमिका निर्बाह गर्ने बताए ।​

प्रतिकृया

प्रतिकृया