तुलसीपुर,
४-चैत / तुलसीपुर उपमहानगरपालिकाको चेतावनी पछि सडक अतिक्रमण गरि निर्माण गरिएका भर्याङ हटाउन घर धनिले सुरु गरेका छन् । आइतबार मात्रै उपमहानगरपालिकाको बैठकले मंगलबारदेखि सडकपेटी अतिक्रमण गरि निर्मित निजी घरका भर्याङ हटाउने निर्णय गरेको थियो ।

 

उपमहानगरपालिकाको त्यो निर्णय लगतै घर धनिहरुले सडक अतिक्रमण गरि निर्मित भर्याङ आँफै हटाउन सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को ‘ख’ लाईन निवासी वशन्त अधिकारीले सोमवार आफै आफ्नो भर्याङ हटाएका छन् ।

मेयर घनश्याम पाण्डेले सडकपेटी मिचेर निर्मित भर्याङ हटाउने काम अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिइसेकेका छन् । उनले कर्मचारीलाई अटेर गर्ने घर धनिाई मेसिन लगाएर भएपनि त्यस्ता भ¥याङ हटाउन निर्देशन दिएका थिए । तर उक्त निर्णयको दोस्रो दिन नै सडक पेटी मिचेर भर्याङ गराएकाहरुले त्यो हटाउन सुरु गरेका छन् ।

बजार व्यवस्थापन कार्यविधि २०७४ लाई टेकेर उक्त कामलाई अगाडि बढाइएको मेयर पाण्डेले बताए ।

त्यस्तै प्रत्येक मंगलबार तुलसीपुरमा सञ्चालन हुँदै आएको ‘ग्रिन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानलाई प्रभावकारी बनाउन फोहर गर्नेहरुलाई ठाउँका ठाउँ कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रत्येक हप्ता बजारबाट निस्किएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै नगर प्रमुख पाण्डेले जनतलाई अनुभूति हुने गरी काम गर्न एक्सनमा उत्रने बताए । सार्वजनिक सूचना जारी गरेर दैनिक रुपमा सडकपेटी मिचेर व्यवसाय नगर्न नगराउन र अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह गर्दै आएको भएपनि त्यस्को धेरैले अटेर गर्दै आएका छन् ।

तस्विर वडा सदस्य – सुरेश श्रेष्ठ ।

 

 

प्रतिकृया

प्रतिकृया