तुलसीपुर,
४- चैत / नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भुमिका खेल्ने नर्वेका स्वर्गीय डा. अल्र्वट कोलस्टाडका परिवारहरुले राप्ती आँखा अस्पताललाई  ५ लाख सहयोग गरेका छन् ।

मंगलवार अस्पतालमा पुगेर उनीहरुले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन । स्वर्गीय अल्र्वटका श्रीमती डा. सिसेल हल्डेन, छोरा डा.हेनीक अल्र्वट कोलस्टाडले कोलस्टाडप्रति श्रद्धाञ्जली दिन आउनेहरुलाई फुल माला भन्दा पनि पार्थिव शरीरमा पैसा चढाउन परिवारले आग्रह गरेको र सो रकम नेपालमा अन्धोपन निर्वारणमा लगाउन परिवारले आग्रह गरेको एनएवीपीका कार्यक्रम निर्देशक हरीशरण विष्टले बताए ।

उनीहरुले नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलाई सो रकमको चेक हस्तन्तरण गदै स्वर्गीय अल्र्वडले गदै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका थिए । स्वर्गीय अल्र्वडले नर्वेबाट धनगडीमा रहेको गेटा आँखा अस्पताल र दाङमा रहेको राप्ती आँखा अस्पताललाई सहयोग गदै आएका थिए ।

कार्यक्रममा अल्र्वडकी श्रीमती डा. सिसेल हेल्डेनले राप्ती आँखा अस्पतालको भौतिक र प्राविधिक सहयोग गर्ने बताइन् । नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य एव दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता प्रतिनिधि सभा सांसद हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोग गर्ने स्वर्गीय अल्र्वटकाश्रीमती  डा. सिसेल हल्डेन, छोरा डा. हेनीक अल्र्वट कोलस्टाडलाई सम्मान समेत गरिएको  थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद हिराचन्द्र केसीले राप्ती आँखा अस्पतालको विकाशका लागि सवै लाग्नुपर्ने बताएका थिए । उनले यस क्षेत्रमा आँखा अस्पताल स्थापना भएपछि यहाँका जनताले सर्वसुलभ सेवा पाएको भन्दै यसको विकाशका लागि आफुले सवै किसिमको सहयोग गर्न तयार रहेको बताए ।

‘यस अस्पतालाई अव सरकारले पनि सहयोग गर्नुपर्छ विदेशीले मात्र होइन, सवैलाई स्वास्थ्य सेवा दिने सकारको दायित्व पनि हो’, उनले भने । सांसद केसीले प्रदेश नं ५ का मुख्यमन्त्रीले अस्पतालको विकाशका लागि कुनै योजना नल्याएको गुनासो सुनेको भन्दै आफुले यसबारेमा जानकारी गराउने समेत बताए । ‘अस्पतालले हाल सम्म दिदै आएको सेवा निकै प्रभावकारी छ, अव यस अस्पतालाई अझै सुविधा सम्पन्न गराउन प्रदेश र केन्द्रीय सरकार लाग्नुपर्छ ‘,केसीले भने ।

कार्यक्रममा राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अस्पतालले हाल सम्म पु¥याएको सेवा र भावि कार्यक्रमको वारेमा जानकारी गराएका थिए । उनले अस्पताल स्थापना संगै राप्तीमा ०. ८१ प्रतिसत अन्धोपनको समस्या रहेकोमा त्यसलाई न्यूनिकरण गदै ०.१३ मा झार्न सफल भएको जानकारी गराएको सूचना अधिकारी बालाराम खड्काले बताए ।

त्यस्तै अस्पतालका चिफमेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले अस्पतालले हाल विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर, तथा अस्पतालहरुमा आएका विरामीहरुलाई यहाँका बाट दिन सक्ने सवै सेवा छिटो छरितो तरिकाले दिएको बताएकी थिइन् । डा. कटुवालले पैशा अभावका कारण कोही पनि अन्धोपनबाट बस्न नपरोस भन्ने हेतुले सेवा दिएको बताइन् । साथै उनले अस्पतालको विकाशका लागि सवैलाई सहयोग गर्न पनि आग्रह गरीन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीले सवैको साथ र सहयोग रहेमा अस्पतालको विकाश हुने भन्दै सवै स्थानीय निकाय, दाता प्रतिनिधि र सहयोगी निकायहरुलाई सहयोग गर्न आग्रह गरे । नेपाल नेत्रज्योति संघ दाङमा उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुरेन्द्रबहादुर खड्काले गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया