घोराही,
४-बैशाख / दाङका जनप्रतिनिधीहरुले जिल्लाको समग्र विकास गर्न प्राथमिकताका आधारमा योजना तथा कार्यक्रमको तय गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले मंगलबार घोराहीमा आयोजना गरेको दाङको संवृद्धिका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधीहरुले आवस्यकता र प्राथमिकताको आधारमा विकासका कामहरु अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

 

दाङबाट प्रतिनिधीसभा, राष्ट्रियसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीय तहका प्रमुखहरुले पहिचान र प्राथमिकताका आधारमा अबको विकास गरिने बताएका छन् । सांसद तथा स्थानिय तहका प्रमुखहरुले विकास गर्नुपर्ने क्षेत्रको पहिचान गरेर साझा बिकास अबधारणबाट अघि बढ्ने बताए ।

जनता सँग गरेका बाचा र विकासका आबस्यकतालाई केन्द्रमा राखेर आफुहरुले निति कार्यक्रम बनाउने प्रतिनिधिहरुको भनाई छ । दाङलाई सबै विषयगत क्षेत्रको हबका रुपमा बिकास गर्न सकिने भन्दै उनिहरुले एकीकृत विकासका लागि साझा सोचको आवस्यक रहेको बताएका छन् ।

स्थानीय तहका प्रमुखहरुले केन्द्रबाट आएका योजनाहरु अहिले पनि अलपत्र रहेको भन्दै गुनासो गरेका छन् । केन्द्रिय योजनाका फाईलहरु मन्त्रालयमै अलपत्र पर्नु र जिल्लामा शिक्षक दरबन्दी मिलान समेत गर्न नसक्नुले जनताले प्रश्न उठाएको गुनासो गरेका हुन् ।

केन्द्र सरकारले बजेट नपठाउदा सडक, पुल लगाएका भौतिक संरचनाहरुका काम अलपत्र अवस्थामा रहने र स्थानीय सरकारका प्रमुखहरुले गाली खानु परेको धारणा राखेका छन् । अब आवस्यकतामा आधारित निति कार्यक्रमको आबस्यक रहेको भन्दै प्राथमिकता निर्धारण बिषेश ध्यान दिनुपर्नेमा आफुहरु समेत रहेको बताएका छन् ।

 

प्रतिकृया

प्रतिकृया