यमकला भुसाल, तुलसीपुर
४-बैशाख / मालपोत कार्यालय तुलसीपुर दाङले ९ महिनाको अवधिमा झन्डै १३ करोड राजश्व सकंलन गरेको जानकारी दिएको छ ।

 

यस आर्थिक वर्ष २०७४ ÷०७५को ९ महिनाको अवधिमा १२ करोड ९५ लाख २१ हजार ३ सय ६४ रुपैंया राजश्व सकंलन गर्न सफल भएको कार्यालय प्रमुख नरेशकुमार खड्काले जानकारी दिए । कार्यालय प्रमुख खड्काका अनुसार उक्त रकम जग्गा रजिष्ट्रेसन पास र दृष्टि बन्धक वापत सकंलन भएको हो ।

कार्यालयले आर्थिक वर्ष ०७४÷०७५को साउनदेखि चैत मसान्तसम्म रजिष्ट्रेसन पास बाट ११ करोड ७६ लाख १९ हजार ८ सय ६४ रुपैंया राजश्व सकंलन गरेको प्रमुख खड्काले जानकारी दिए । उनले २ हजार ६ सय ६४ जना दृष्टि बन्धकबाट १ करोड १९ लाख १ हजार ५ सय रुपैंया राजश्व सकंलन गरेको बताए ।

प्रमुख खड्काका अनुसार गत आर्थिक वर्ष ०७३÷०७४ मा ९७ लाख ४६ हजार राजश्व सकंलन भएको थियो ।

 

प्रतिकृया

प्रतिकृया