घोराही,
६-भदौ /  स्कर्टल्याण्डवाट आयात गरीएको स्कर्ट ह्विस्की दाङमा भित्रीएको छ । रेड प्लानेट प्राइभेट लिमिटेडले स्कर्ट ह्विस्कि बजारमा ल्याएको हो ।

उक्त व्राण्ड अन्र्तगत अहिले क्लिन म्याक, किङ रोवर्ट, सर एड वार्डसन रक्सि बजारमा आएको रेडक प्लानेटका सञ्चालक नरेश श्रेष्ठले जानकारी दिए । उनले केही दिनभित्रै रसियाँवाट बनेको रसियन सट रक्सि बजारमा ल्याउने तयारी भइरहेको बताए ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै कम्पनिले नयाँ स्वाद दिने गरी उक्त व्राण्डका रक्सिहरु बजारमा ल्याएको सञ्चालक श्रेष्ठको भनाई छ । ‘भर्खरै बजारमा ल्याएपनि ग्राहकको माग बढ्दो छ, दाङमा पनि यसको माग धेरै नै देखियो-उनले भने -‘ग्राहकले स्कर्ट ह्विस्कीलाई मायाँ र मनपराइदिनु भएको छ, नयाँ स्वादसंगै विशेष गुणस्तरीय रहेकाले पनि यसको माग बढेको हामिले पाएका छौ ।’

अर्का सञ्चालक मधुसुदन पाण्डेले स्कटल्याण्डवाट वनेको स्कर्ट ह्विस्कीको बजारमा माग बढ्दो रहेको भन्दै दाङमा सञ्चालित विभिन्न होटेल, रेष्टुरेन्ट र मदिराजन्य पसलमा उक्त व्राण्डका रक्सिहरु पाइने बताउनु भयो । उहाले विदेशी रक्सिको तुलनामा उक्त व्राण्डका रक्सि सस्तो, विशेष गुणस्तरीय रहेको बताए ।

‘विदेशी रक्सिहरुको तुलनामा यो व्राण्डका रक्सिहरु विशेष गुणस्तरीय छन्, चाडपर्वहरुलाई लक्षित गरी कम्पनिले स्कर्ट ह्विस्कि बजारमा ल्याएको र छिट्टै रसियन सट भोड्का पनि ल्याउने तयारी गरीरहेका छौ, यसलाई पनी ग्राहकहरुले मायाँ गर्नुहुनेछ भन्ने विश्वास लिएका छौ-सञ्चालक पाण्डेले भने ।



प्रतिकृया

प्रतिकृया