तुलसीपुर
२८ भदौ/ नेपालीहरुको महान पर्ब बडा दशै भित्रन थाले सँगै गाँउघर शहर बजार जताततै चहल पहल बिस्तारै बढ्न थालेको छ ।बर्ष दिन घर छोडेर टाढा रहेका सबै नेपाली हरु सकभर आफ्नो जन्मघरमा अनीवार्य आउने गर्दछन ।

कतीपय दाजुभाई दिदि बहिनीहरुले नेपालीहरुको महान पर्बमा समेत आफ्नो घरमा आउन नपाउदा मन बहलाउने गर्दछन ।  दशै तिहार नजीकै आउन थाल्दा यती बेला बजारमा दशै तिहार सँग समन्धित रहेर थुप्रै गितहरु बजारमा आएका छन ।

जुन गित घरमा रहेका तर आफन्तको पर्खाईमा रहेका र कोही घर आउन नपाएर दुख महसुस गरीरहेका दुबैको लागी मन भुलाउने माध्यम बनिरहेका छन ।

यसैबिच गायक तथा तथा संगितकार लोकनाथ सापकोटा र गायिका अमृता वलीको स्वरमा रहेको “गोडेको कोदो रोपेको फुल ढकमक फुलीसक्यो , जताततै दशैआयो यो मन त्यतै भुलीसक्यो” बोलको गित बजारमा आएको छ ।

जुन गितमा दशैले सबैलाई एकआपसमा मेलमिलाप ल्याउने र सबैको मुहारमा उज्यालो छर्ने भन्दै गित मार्फत दशैपर्बलाई मेलमिलापको पर्बको रुपमा समेत गायक गायीकाले चिनाएका छन ।

जुनगितलाई यल यन. म्युजिक कृएसनले बजारमा ल्याएको छ भने गितको रचना भने दङ्गाली गायिका स्वंय अमृता वलीले गरेकी हुन ।

प्रतिकृया

प्रतिकृया