शिव पुन,तुलसीपुर
३१ भदौ/ नेपाली सिनेमा क्षेतका चर्चित कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हविंश आचार्य १७ वर्षपछि फिल्म निर्माणमा फर्किएका छन् । १७ वर्ष अगाडी ‘तँ त साह्रै बिग्रिस नि बद्री’ फिल्म निर्माण गरेको मह सञ्चारले नयाँ प्रोजेक्टको रुपमा फिल्म “सत्रु गते “ निर्माण गर्ने औपचारिक घोषणा गरेको हो । मल्टीस्टारर फिल्मलाई अघिल्लो वर्षको सुपरहिट फिल्म ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । छठ पर्व पछि छायाँकन सुरु हुने फिल्म “सत्रुगते“लाई यसै वर्षको चैत ९ गते प्रदर्शन गरिनेछ ।

शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको आधिकारिक घोषणा गरिएको हो । फिल्ममा कथा हरिवंश आचार्यको रहेको छ भने दीपक राज गिरी र प्रदीप भट्टराईको पटकथा । दीर्घ गुरुङको छायाकंन रहने “सत्रु गते“मा कविराज गहतराजको कोरियोग्राफी र राजनराज सिवाकोटीको संगीत रहनेछ । यस फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अन्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहित वंश आचार्य र नरेन्द्र कंसाकारको मुख्य भूमिका रहनेछ ।

फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले आफूले निर्देशन गरेको फिल्म ’जात्रा’भन्दा ‘सत्रु गते’ फरक रहने बताए । उनले भने, जति दर्शकले ’जात्रा’ मन पराउनुभयो उहाँहरुलाई त अवश्य नै ‘सत्रु गते’ मन पर्छ र नयाँ दर्शकलाई पनि फिल्मले हलसम्म तान्न सक्नेमा विश्वस्त छु ।फिल्मको विषयमा जानकारी दिँदै मदनकृष्ण श्रेष्ठले दर्शकलाई राम्रो फिल्म पस्किने उद्देश्यले ‘सत्रु गते’ निर्माण गर्न लागेको बताए । काठमाडौं र तराईका विभिन्न ठाउँहरुमा खिचिने फिल्मका कार्यकारी निर्माता हास्य कलाकार किरण के.सि.हुन् ।

यस फिल्ममा एउटा रमाइलो कुरा के छ भने हरिवंश आचार्य र दीपाश्री निरौला जोडीको रुपमा प्रस्तुत हुँदैछन् । दर्जनौँ टेलिश्रृङखला र केही फिल्महरु निर्माण गरिसकेको निर्माण संस्था मह सञ्चारको निर्माण रहेको यस सिनेमामा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपक राज गिरी, दीपाश्री निरौला र शिवहरि पौड्याल निर्माताको रुपमा रहेका छन् ।

असार देखि नै छायाकंनमा शुरु हुने गरी निर्माण कार्य शुरु गरिएको यस सिनेमाको छायाकंन अब छठपर्व लगत्तै शुरु हुनेछ । फिल्मका लागि तय गरिएका कलाकारहरु व्यस्त भएको र फिल्मको पूर्वतयारी नसकिएका कारण सिनेमाको काम पर सरेको थियो ।

फिल्म निर्माणका लागि हट केक मानिएका दीपक(दिपा मह संचारसंग जोडीएर फिल्म बनाउनुले पनि फिल्म राम्रो बन्छ भन्ने अपेक्षा गरिएको छ । साथै भर्सटाइल नायिका प्रियंका कार्की, युवापुस्ताका चर्चित कलाकार पल शाह र आँचल शर्मा फिल्ममा आवद्ध हुँदा फिल्म कस्तो बन्छ त्यो प्रतिक्षाको विषय बनेको छ । दीपक(दीपा र प्रियंकाको ‘छक्का पञ्जा २’ असोज ११ बाट रिलिज हुँदैछ भने पल र आँचलको मुख्य अभिनय रहेको फिल्म “जोनी जेन्टलम्यान “ यो शुक्रवार देखि रिलिज भएको छ ।

प्रतिकृया

प्रतिकृया