घोराही
६ असोज/ दाङको घोराहीमा विभिन्न ईलेक्ट्रोनिक्स समानहरुको बिक्रि गर्दै आएको बन्जाडे ईलेक्ट्रोनिक्सको सेवा अबधी ३० बर्ष पुगेको छ । सेवा प्रारम्भ ३० बर्ष पुगेको अबसरमा बन्जाडे ईलेक्ट्रोनिक्सले घोराहीको शहिद उमेशमार्ग रोडबाट सेवा सुरु गरेको छ ।

एलजी ब्राण्डका बिभिन्न ईलेक्ट्रोनिक्स समानहरु बिक्रि हुदै आएको बन्जाडे ईलेक्ट्रोनिक्सले शुक्रबार एक कार्यक्रमको आयोजना गरि पसलको उद्घाटन गरेको छ ।

पसल सञ्चालक हेमराज बन्जाडेको अध्यक्षता एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य धु्रबराज श्रेष्ठको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको बिशिष्ट आतिथ्यतामा पसलको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्ने अतिथिहरुले एलजीका बस्तुहरुमा उच्च ब्राण्ड र उत्पादनलाई समय सापेक्ष बनाउनु नै राम्रो पक्ष भएको बताएका छन् । प्रमुख अतिथी श्रेष्ठले एलजी ब्राण्डका उत्पादनले प्रयोगकर्तालाई सन्तुष्टि दिनु नै उस्को सफलता हुने बताए ।

सबैको पहुँच मूल्य हुनुपर्नेमा जोड दिदै उहाँले टिकाउ पनि दिर्घकालिन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एलजी ब्राण्डका सोरुम ईन्चार्ज नमश ढुंगेलले बन्जाडे ईलेक्ट्रोनिक्समा एलजीका फ्रिज, एसी, टिभी, वासीङ मसिन लगाएतका बस्तुहरु पाईने जानकारी दिए ।

१७ हजार देखी २ लाख ३५ हजार मूल्यका समानहरु पाईने उनको भनाई छ । साथै दशैको अबसरमा आज देखी १५ दिन विषेश छुटका साथै बिभिन्न उपहारहरु रहेको ढुंगेलले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया