सल्यान,
११-भदौ / भाइरल ज्वरोका कारण पश्चिम सल्यानमा एक जनाको ज्यान गएको छ । अरु धेरै गाउँले विरामी परेका छन् । बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ राउँचे निवासि ३६ वर्षिया भगवती साहुको ज्वरोका कारण उपचारका क्रममा मृत्यु भएको हो ।

भाईरल ज्वरोले एक महिना देखि भगवतीलाइ आफन्तले उपचारका लागि नेपालगञ्ज लगेका थिए । नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचार हुन नसके पछि अस्पतालले लखनउ रिफर गरेको थियो । उपचारको क्रममा लखनउमा मृत्यु भएको श्रीमान टेकवहादुर साहुले वताए ।

टेकवहादुर साहुका अनुसार अस्पतालले ज्वरो तथा टाईफाईड विग्रिएकोले वचाउन नसकेको र अन्तीम अवस्थामा उपचार गर्न सम्भव नदेखिएको जनाएको थियो । मृतकका दुई छोरा र एक छोरी रहेका छन् ।

पश्चिम सल्यानका विभिन्न गाउँमा ज्वरोले मानिसहरु थलिएका छन् । विरामीहरुमा एक्कासी ज्वरो बढ्ने र रोकिने, चिसो महशुस हुने, हल्का खोकी लाग्ने, शरिर दुख्ने हात खुट्टा सिल्का हान्ने तथा जोर्नी दुख्ने, कम्जोर महशुस हुने, आँखा रातो हुने जस्ता लक्षण देखा पर्ने गरेको स्थानीयहरुले जनाएका छन् । स्वास्थ्यकर्मीहरुले भने यस्ता लक्षण देखिएपछि तत्कालै चिकित्सकको सल्लाह लिइ उपचार गर्नुपर्ने र भाइरल ज्वरोबाट पिडित व्यक्तिले चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम गर्नुपर्ने सुझाव दिएका छन् ।


प्रतिकृया

प्रतिकृया