मनिषा राई,रोल्पा
१६ असोज / 
नेकपा (एमाले) पोलिट व्यूरो सदस्य एवम संसदिय दलका सचेतक गोकुल घर्तीमगर रोल्पाबाट प्रतिनिधी सभाको चुनावी मैदानमा उत्रिने भएका छन् । उनले भने ‘ म नै लड्छु, पार्टी स्थायी कमिटीले निर्णय गर्न मात्रै बाँकी छ, त्यो मलाई नै टुङ्गो लगाउँछ ।”उनले रोल्पामा जनताको सेवा गर्ने इच्छा समेत रहेको जानकारी गराउँदै अब केही दिनमै प्रदेश सदस्य र समानुपातिक उमेदवारहरुको नाम समेत तय गरेर केन्द्रमा पठाउने बताए ।

घर्तीले सुखि नेपाली र समृद्ध नेपाल निर्माणको लागि संघ र प्रदेशमा एमालेको जित आवस्यक रहेको बताएका छन् ।राष्ट्रियता र जनजिविकाको सवालमा सबै पार्टी भन्दा एमाले स्पष्ट रहेको उल्लेख गर्दै घर्तीले समकालिन नेपाली राजनिति र संबिधान निर्माण यताको परिस्थितिले त्यसको पुष्टि गर्ने बताए ।षडयन्त्र भएन र नेपाल देशी बिदेशी प्रतिकृया बादी शक्तिको खेल मैदान भएन भने संघ र प्रदेशमा पनि एमाले स्पष्ट बहुमतमा आउने दावी गरे ।

अहिलेको परिस्थिति एमालेको लागि अनुकुल भएकाले पनि निर्वाचन अनिवार्य भएको बताएका छन् ।चुनावी तालमेलको सन्दर्भमा कुरा गर्दै नेता घर्तीले देशभक्त र बामपन्थी शक्तिसंग स्थानिय आवस्यकता अनुसार तालमेल गर्न सकिने बताए । जसका लागि स्पष्ट रोटम्याट हुनुपर्ने बताए ।

नेकपातिर इङिगत गर्दै उहाले चुनाव बहिष्कार गरेर केही नपाइने बरु चुनाव उपयोग गरेर प्राप्त उपलब्धीलाई संथागत गर्दै बाकी उपलब्धीका लागि प्रतिस्पर्धात्मक राजनितिमा आउन आग्रह गरे ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाको आयोजनामा सोमबार पत्रकार भेटघाटका क्रममा नेता घर्तीले यस्तो बताएका हुन् । प्रेस चौतारी रोल्पाका जिवन डागीले कार्यक्रमको सहजीकरण गरेका थिए । एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष हरि घर्ती, नेता कुमार दसौदी, राजकुमार कक्षपति, पृथ्वी रोकामगर लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया