घोराही,
२४-असोज / दाङको गढवा बहुमुखी क्याम्पसले स्तर बृद्धि सँगै प्राबिधिक शिक्षा सञ्चालनका लागि सञ्चालन गरेको महायज्ञमा करिव पौने तीन करोड रुपैयाँ संकलन भएको छ । असोज १६ देखि हिजोसम्म सञ्चालन भएको महायज्ञबाट दुई करोड ७३ लाख रुपैयाँ संकलन भएको हो ।

महायज्ञबाट नगद, जग्गा, धान, तुला दान गरी उक्त रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका संयोजक मेटमणी चौधरीले जानकारी दिए । गढवा क्याम्पसको स्तरबृद्धिसंगै प्रविधिक शिक्षा सञ्चालन गर्न भन्दै महायज्ञ सञ्चालन गरिएको हो ।

क्याम्पस प्रशासनले प्राविधिक शिक्षा सञ्चालनको लक्ष्य राखेको छ । देउखुरी क्षेत्रको दक्षिण भेगमा स्तरीय र उच्च शिक्षाका लागि क्याम्पसको स्तर बृद्धी सँगै प्राबिधिक शिक्षालाई अघि बढाउने योजना राखेको छ ।





प्रतिकृया

प्रतिकृया