मनिषा राई,रोल्पा
२५ असोज/ 
अन्तर्राष्ट्रिय बालिका दिवश २०७४ रोल्पामा पनि मनाइएको छ । दिवशको अवसरमा लिवाङ स्थित जिल्ला समन्वय समितिको नया हलमा किशोरी भेला सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजना तथा युएनएफपिएको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा युएनएफपिएका कार्यक्रम संयोजक खगेन्द्र भट्टले किशोरीहरुलाई हिंसा न्यूनिकरण गर्नका लागि, बालबालिकाको चेतनाको विकास, स्वास्थ्य शिक्षा लगायतको विषयमा प्रस्तुतिकरण गराएका थिए । भने महिला तथा बालबालिका कार्यालय रोल्पाका शुशिला पन्तले रोल्पामा बालिकाको अवस्थाका बारेमा प्रस्तुति गराएका थिए ।

उनले रोल्पा जिल्लालाई बालिका मैत्री बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण के.सी.ले सामाजिक विकृति विसंगतिको विरुद्धमा साझा अभियान बनाएर लग्नुपर्ने बताए । उनले समाज र देश सम्बृद्धका लागि किशोरीहरुले नै सोच्नुपर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने उल्लेख गरेत्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बाल विवाह न्यूनिकरण, बालिका हिंसा अन्त्यका लागि बालिकाहरु नै बढी जिम्मेवार बन्नु पर्ने बताए ।

त्यसका लागि राज्य जहिले पनि किशोरीहरुको पक्षमा रहेको समेत जानकारी गराए ।नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका मन्त्री डी.वी. घर्तीमगरको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिक, गैर सरकारी सँस्था महासंघ रोल्पाका प्रतिनिधी देव वली, जिल्ला युवा सञ्जाल रोल्पाका अध्यक्ष विरबहादुर घर्तीमगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल रेडक्रस रोल्पा शाखाका बुद्धीराम गोसाइले सन्चालन गर्नुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले किशोरीहरुको सर्बाङ्गीण विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थी, नागरिक दैनिकका दिनेश सुवेदी, सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसा आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

दिशवसको अवसरमा निवन्ध प्रतियोगिता, रस्साकसी, कुर्सि दौड लगायतको प्रतियोगिता आयोजना गरीएको थियो । निबन्ध प्रतियोगिता मा इङला घर्तीमगर प्रथम, रुपा घर्तीमगर द्धितिय र धनिषा सुनार तृतिय भएका छन् । त्यसैगरी रस्साकस्सी प्रतियोगितामा खुमेल किशोरी समुह प्रथम, कोटगाउ किशोरी समुह द्धितिय, डुब्रिङ किशोरी समुह तृतिय भएका छन् भने कुर्सी दौड तर्फ कृतिका डागी प्रथम, लक्ष्मी घर्ती द्धितिय र संगिता केसि तृतिय भएका छन् । सम्पुर्ण बिजेता हरुलाई अविर ल्यापन का साथमा पुरस्कार बितरण गरीएको थियो ।

 

प्रतिकृया

प्रतिकृया