निरला अर्याल गैरे,तुलसीपुर
२५ असोज/ 
महिलाहरुलाइ सामाजिक तथा आर्थिकरुपमा सक्षम र स्वालम्बी बनाउन सहकारी संस्थाको विशेष भुमीका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नारी जागरण बहुउद्धेश्यीय सहकारी संस्था लिमीटेडको आज तुलसीपुरमा सम्पन्न साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

महिलाहरुको क्षमता अभिवृद्धी तथा समुहमा मिलेर काम गर्ने माध्यमका रुपमा पनि सहकारी नै रहको भन्दै  सहकारीलाइ हेलचेक्राइको दृष्टिले नहेर्ने बताएका थिए । वक्ताहरुले महिला उद्यमीहरुलाइ घरायसी प्रयोजनका सामान उत्पादन तथा संकलन गर्ने बजारीकरण गर्ने कार्यमा अझै अग्रसर हुन आग्रह गरेका छन् ।

नारी जागरण बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मणिकर्ण न्यौपानेको अध्यक्षता एवंम तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख माया आर्चायको प्रमुख आतिथ्य तथा हाम्रो पहुच बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमामा नगर महिला संजालको संयोजक यमुना शाह, संस्थाका निर्वतमान अध्यक्ष रमा डाँगी, जनप्रतीनिधी जानका रेग्मी लगाएतकाले शुमकामना मन्तव्य राखेका थिए ।

सस्थाको आर्थीक प्रतिवेदन प्रभा रेग्मी र नियम शर्माले प्रस्तुत गर्नुभएको थियो । संस्थाको सेयर सदस्य रेखा सेन ले गीत तथा कविता प्रस्तुत गरेकी थिईन । संस्थाको उपादक्ष्य विना डंगोलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रको संचालन सेयर सदस्य निर्मला आर्चायले गरेकी थिईन ।

प्रतिकृया

प्रतिकृया