तुलसीपुर
२५ असोज/ दाङ तुलसीपुरका एक युवाले बाढी पीडितलाई ८ बोरा सिमेन्ट सहयोग गरेका छन् । तुलसीपुर ६गाईडर निवासी अरुण लहरेले  मोतीपुर पीडितनगर टोलका बाढी पीडित बिष्णु प्रसाद भण्डारीलाई सिमेन्ट सहयोग गरेका हुन् ।साउनमा आएको अबिरल बर्षा कारण भण्डारीको घरको जग भत्किने अवस्थामा पुगेको थियो ।

समान्य परिबारका भण्डारीको आफै घर बनाउन नसक्ने अवस्था भएको र उनि शारिरिक अपाङ्ग समेत रहेका भण्डारीलाई सहयोग गरेको युबा समाज सेबी अरुण लहरेले वताएका छन। बाढीले घरमा क्षती पु¥याए पछि केही समय गोठमा र बर्षा सकिएपछि सोही घरलाई सामान्य मर्मत गरेर बस्दै आएका भण्डारीले लहरेको सहयोगलाई आफ्नो जिबनको खुशीको क्षण भएको वताएका छन ।

आर्थिक अवस्था कजमोर र शारिरिक अपाङ्ग भएका भण्डारीको घर मर्मतका लागि केही सहयोग पुगोस् भनेर आफूले ६ हजार रुपैयाँ बराबरको सिमेन्ट सहयोग गरेका लहरेले अरु सहयोगी हात बढाईदिन आग्रह समेत गरेका छन ।  श्रृजनशील गाउँ विकास समाजका अध्यक्ष र नेपाली काङ्ग्रेस निकट विद्यार्थी संघका नेता समेत रहेका लहरेले सामाजिक सेवा गर्दै आएका छन ।

प्रतिकृया

प्रतिकृया