ओमप्रकाश गुप्ता,सिसहनियाँ
२६ असोज/ देउखुरीको राप्ती गाउँपालिका ६ बगरापुरमा श्रीमदभागवत विराट ज्ञानमहायज्ञ बुधवार देखि सुरु भएको छ । शिव मन्दिर,व्यवस्थापन समितिको आयोजनामा महायज्ञ सुरु भएको हो । धर्मशाला निमार्ण तथा शिव मन्दिरमा मुर्ति स्थापनाका लागि महायज्ञ सञ्चालन गरिएको आयोजकले बताएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा बाल योगी स्वामी श्रीनिवास आचार्य, गुरु कृष्णशरण भोलेबाबा, सगरापुर बगरापुर गाउँ अगुवा जयराम चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, सगरापुर बगरापुर गाउँ सञ्चालक समितिका देवनारायण चौधरी, महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक मनोज चौधरी लगायतका वक्ताहरुले बोलेका थिए ।

हरिचन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । ७ दिन सम्म चल्ने महायज्ञको प्रमुख कथा बाचकमा बाल योगी स्वामी श्रीनिवास आचार्य रहेका छन् । यसै बिच शिव मन्दिर परिसरमा रातो, सेतो चन्दन, कपुर र रुद्राक्षका विरुवा समेत रोपिएको थियो । कार्यक्रम सुरु पुर्व कलशयात्रा समेत निकालिएको थियो ।

 

प्रतिकृया

प्रतिकृया