मेगराज खड्का,  रुकुम
२६-असोज / सानीभेरी नदिमा बगेर रुकुममा एक जना बेपत्ता भएका छन । रुकुमको मुसिकोट नगरपालिका १३, साधनचौरका ३५ बर्षिय गोबिन्द केसी नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर रजाँलीले जानकारी दिए ।

उनका अनुसार केसी मुग्लुखोला दोभानमा दाउरा निकाल्ने क्रममा बगेका हुन । नदि आसपासमा प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा खोजीकार्य जारी राखेपनि उनलाई फेला पार्न नसकिएको बताईएको छ ।




प्रतिकृया

प्रतिकृया