मनिषा राई,रोल्पा
५ कार्तिक/ प्रवासमा रोल्पालीहरुको शान्ति, सद्भाव र एकताको चाहना, बडा दसै तथा शुभ दिपावलीको कामना भन्ने मुल नाराका साथमा रोल्पा जलजला सेवा समाजले जिल्ला भित्र रहेका हरेक समूह सस्थालाइ एकत्रित समन्वय गरि २० अक्टोबर २०१७ तारिख शुक्रबारका दिन शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कतार स्थित सनैया रोटना रेष्टुरेन्ट सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, अध्यक्ष, बिशिष्ट अतिथिबाट व्यानर सहित दिप प्रज्ववलन गरी उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बसन्त थापाले सबैलाई धन्यवाद दिदै परिवार भित्रको जमघट देख्दा रोल्पालीमा एकताको भावना सहयोग सद्भाव उल्लेखनीय रहेको बताए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा समाजका सभापनि शिव बुढाथोकीले कार्यक्रम सब्य एवं भब्य रूपमा सफल पार्न सहयोग गर्नु हुने कतारमा कार्यरत रोल्पाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै रोल्पालि प्रति माया गर्नु हुने समाजसेवी, बुद्धिजीवी, शुभ चिन्तक कलाकार हरहरुको गरिमामय उपस्थितीको लागि हार्दिक धन्यवाद समेत दिए ।
त्यसैगरी कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष चोम बिष्टले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममा बलराम जैसी, पुर्ण बहादुर बिष्ट, बम बहादुर खड्का, खगेन्द्र बिक, यज्ञराज केसि, गुरुङ, गोपाल केसि, सुर्य बिक, चेतमान रोका, हिकमत अलि लगायतले शुभकामना मन्तव्य दिदै समाजले सबैलाई एकतामा समेटेको र एकता हुनु आवस्यक रहेको बताएका थिए ।

समाजका सस्थापक सुर्य बहादुर बिक र चेतमानको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा समाजले हरेक वर्ष हिन्दु धर्मावलम्बीहरुको महान चाड दसै तिहार पर्वको अवसरमा रोल्पा परिवार भित्र मानाउदै आएको स्मरण गर्दै समाजले गरेका गतिविधि बारेमा प्रष्ट पारेका थिए ।

त्यस्तै कार्यक्रमको बिच बिचमा विशेषत देउसी भैलो मारुनी नाच नृत्य मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।कार्यक्रममा समाजका सल्लाहकारहरु दिल नेपाली, रुद्रप्रसाद रोका, बराह क्षेत्र संरक्षण समिती बडाचौर रोल्पा कतारका अध्यक्ष बालराम जैसी, राक प्रवासी सेवा समाज कतारका यज्ञराज केसि, रोल्पा गुम्चाल प्रवासी सेवा समाज कतारका अध्यक्ष पुर्ण बहादुर बिष्ट, जनप्रगतिसिल सेवा समाज सिर्प ७ रोल्पा कतारका अध्यक्ष बोम बहादुर खड्का, दलित एकता संजाल बडाचौर ५ रोल्पा कतारका अध्यक्ष खगेन्द्र बिक, समाजसेवी दिल साही, मिलन बिक, रामदास भुट्टेल, हिमाल खड्का, कलाकार ललित रोका मगर, लोक गायिका कमला गुरुङ, गायक अनिल जिसि, अज्ञात क्षेत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन समाजका महासचिव देबराज पुनले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया