तुलसीपुर,
५-मंसिर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ स्थित कृष्णमन्दिरमा विहानैदेखि चहलपहल शुरु भईसकेको थियो । मंगलवार कृष्णमन्दिर परिसरमा कांग्रेसको चुनावी कोण सभा हुदै छ भन्ने सुनेका अरुण चौधरी कांग्रेस उम्मेदवारका कुरा सुन्न विहान ११ वजे नै कार्यक्रम स्थलमा आईसकेका थिए ।


दुई बजेपछि कांग्रेसको चुनावी सभाका लागि समय तय गरिएको थियो । काँग्रेस नेताहरुले यस क्षेत्रमा धेरै विकास गरेकाले उनीहरुको कार्यक्रमलाई साथ दिन र विकासका भावि एजेण्डाहरु सुन्न चौधरी समय भन्दा धेरै नै पहिले आईपुगेर नेताहरुलाई कुरिरहे । झण्डै ३ घण्टा काँग्रेसका उम्मेदवारलाई कुरेर कार्यक्रममा सहभागि भएका उनले नेताहरुको भाषण पनि निकै उत्सुकताका साथ सुने । विकास गर्ने पार्टी कांग्रेस नै भएकाले काँग्रेसका उम्मेदवारहरुलाई हौसला थप्न कार्यक्रममा आएको अरुणले वताए ।


उनले कांग्रेस नेता तथा पुर्व सिंचाई मन्त्री दीपक गिरी र श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीवहाुदुर चौधरीले यस क्षेत्रमा गरेको विकासको समेत खुलेरै प्रशंसा गरे । उनी मात्रै होईन कार्यक्रम शुरु हुनुभन्दा घण्टौ अगाडि कार्यक्रम स्थलमा आएर कांग्रेस नेताहरुलाई कुर्नेहरु धेरै थिए । स्थानीय युवा देवेन्द्र डाँगी पनि कांग्रेसका उम्मेदवारका कुरा सुन्न कार्यक्रम हुनुपुर्व आईसकेका थिए । उनले आफ्नो व्यस्त समयलाई कांग्रेस नेताहरुका लागी सुम्पिए । कँंग्रेस नेताहरुले गरेको विकासका कारण पनि उनीहरुका कुरा सुन्नलाई समय मिलाएर कार्यक्रममा सहभागि भएको उनले वताए ।

 




प्रतिकृया

प्रतिकृया