तुलसीपुर,
३०-फागुन /  नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङले कार्यसमिति विस्तार गरेको छ ।


तरुण दल दाङको रिक्त रहेको पदहरुमा विद्यान अनुसार पदाधिकारी चयन गरिएको जिल्ला अध्यक्ष टिका घर्तीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

अध्यक्ष घर्तीका अनुसार उपाध्यक्षमा मुक्तिप्रशाद न्यौंपाने र पुर्णकुमार पुन (बाबु) र सह–सचिवमा पुरुषोत्तम योगी (गुन्टे)लाई मनोनित गरिएको छ । तरुण दल दाङको अधिवेशन २ं०७१ साल कार्तिक २७ गते भएको थियो ।


तीन वर्षे कार्यकालको लागि तरुण दलको नेतृत्व चयन हुने गर्छ । तर कार्यकाल सकिनै लाग्दा तीन वर्षपछि हाल आएर तीनवटा पदहरुमा मनोनित गरिएको छ ।

 

प्रतिकृया

प्रतिकृया