देविराम कुसारी , गोल्टाकुरी,
४-वैशाख / नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजनामा मंगलवार परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रमको वारेमा अभिमुखिकरण गोष्ठि गोल्टाकुरीमा सम्पन्न भएको छ ।

 

नागरिक आवाज  ललितपुरको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तरगत गठित हरियाली आमा समुहका अध्यक्ष सीता वस्नेतको अध्यक्षता तथा स्थानीय शान्ति समिति गोल्टाकुरीका संयोजक तिलकबहादुर डाँगीको प्रमुख आथित्यमा गोष्ठि भएको हो ।

कार्यक्रमका लेखा सहायक अर्चना शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा दंगिशरण गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तुलसिराम देवकोटा, वडा सदस्य संगिता धौलाकोटी, वडा सचिव ज्ञानबहादुर केसी, होमजंग विक, स्वास्थय चौकी गोल्टाकुरीका सिनियर अहेव मोहन घिमिरे लगाएतले मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक वसन्त पोख्रेलले विषय प्रवेस गराएको उक्त कार्यक्रममा प्रवि कौवाघारीका शिक्षक रोबरसिह ढकाल, शान्ति सद्भाव युवा क्लवका अध्यक्ष रमेश विक, अपाङ्ग सञ्जाल दंगिशरणका संयोजक रेणुका विक, लगाएतले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्ति बाल क्लवका सदस्य प्रकाश कुसारीले वाल आविस्कार प्रदर्शन गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया