रिहा नगरे आन्दोलन गर्ने नेकपा दाङको चेतावनी

दाङ,
४-बैशाख / 
नेपाल कम्युनिष्ट पार्टी दाङका दुई जना जिल्ला सदस्यहरुलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेको छ ।

 

पार्टीका जिल्ला सदस्य विकास वली र जनक्रान्तिका घाइते योद्धा परिवारका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य इश्वरी पाण्डेलाई सोमवार तुलसीपुरबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको भन्दै उनीहरुको रिहाईको माग गरिएको छ ।

जिल्ला सेक्रेटरी विक्रमले एक प्रेस पिज्ञप्ती जारी गरि विनाकाारण गिरफ्तार परेका दुई नेता कार्यकर्ताको तुरुन्त र विना सर्त रिहाइ माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ,  ‘हामी यो गैरकानुनी र अन्यायपूर्ण गिरफ्तारीको घोर भत्र्सना र निन्दा गर्दछौं । गिरफ्तार गरिएका दुवैजनालाई विना सर्त रिहाइ गर्न माग गर्दछौं ।’




प्रेस विज्ञप्ती


एकीकृत जनजागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिदै विज्ञप्तीमा यदी पक्राउ गरिएका दुबै नेताहरुको विना सर्त रिहाइ नगरे जिल्ला बन्द लगायतका कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

 

प्रतिकृया

प्रतिकृया