ओमप्रकाश गुप्ता, भालुवाङ,
४-वैशाख / प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले आफनो निर्वाचन क्षेत्र नमुना बनाउने संकल्प गरेका छन् । देउखुरीको सुर्य विनायक मावि नर्तीमा मंगलवारदेखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव उद्घाटन गर्दै चौधरीले त्यो कुरा बताएका हुन ।

प्रमुख अतिथि समेत रहेका चौधरीले समृद्ध क्षेत्र बनाउन अवआर्थिक क्रान्ति आवश्यक रहेको बताए । आफुले प्रत्येक घरको खरको छाना हटाउने अभियानको मोडालिटी तयार भइरहेको भन्दै अव असारदेखि नै खरको छाना विस्थापित गर्न अभियान सुरु हुने बताए । मुक्तकमैया, हलिया, सुकुम्बासी बस्तिलाई नमुना बस्ति बनाउने बताएका उनले प्राविधिक धारको कक्षा तथा प्लसटु सञ्चालनका लागि विद्यालयको आयोजनामा धार्मिक महोत्सव सुरु गरिएको उल्लेख गरे ।

महोत्सव मुल आयोजक समितिका अध्यक्ष बसन्तराज शर्मा पौडेलको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरामणी बेल्वासे, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, उपमेयर देवका बेल्वासे, वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल,सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे, हिन्दु जागरण नेपालका केन्द्रिय सल्लाहाकार दामोदर पाण्डे,जखेराताल महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा घिमिरे र पत्रकार ओमपप्रकाश गुप्तालगायतका वक्ताहरुले शुभकामना मन्तव्यव्यक्त गरेका थिए ।

समितिका महासचिव लेखराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दशरथ घिमिरेले गरेका थिए । ७ दिन सम्म चल्ने धार्मिक महोत्सवको प्रमुख कथा वाचकमा गोविन्दशरण महाराज रहेका छन् । कार्यक्रम उद्घाटन पुर्व शोभा यात्रा निकालिएको थियो । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले सुर्य विनायक माविनर्तिमा लमही नगरपालिका २ डोरही निवासी सिर्जना नेपालीलाई कक्षा ८ मा भर्ना गरी अभियानको सुरु वात गरेका थिए ।

उनले ५ वर्ष सम्म सिर्जनाको भर्ना शुल्क, कापी कलमलगायत आवश्यक सम्पुर्ण खर्च आफुले व्यहोर्ने बचन दिएका छन् । नेपालीको विवाह समेत आफुले गरिदिने चौधरीले बताएका छन् ।

 

प्रतिकृया

प्रतिकृया