चेतन रेग्मी, तुलसीपुर,
४-बैशाख लायन्स क्लब अफ दाङको अध्यक्षमा उमेशचन्द्र मजगैंया र्निविरोध चयन गरिएका छन् । मंगलवार तुलसीपुरमा भएको क्लवको भेलाले मजगैंयालाई सर्वसहमतिमा अध्यक्ष बनाउने निर्णय गरेको हो ।

क्लबका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलाले बर्ष सन २०१८÷०१९ का लागि मजगैंयालाई अध्यक्ष बनाएको हो । त्यस्तै भेलाले क्लबको प्रथमउपाध्यक्षमा यज्ञबहादुर केसी, द्धतिय उपाध्यक्षमा डम्बरबहादुर डाँगी, तृतिय उपाध्यक्षमा सुरेश हमाललाई चयन गरेको छ ।

त्यस्तै भेलाले क्लबको सचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा विरेन्द्र महारा, सहसचिवमा लोकबहादुर विष्टलाई चयन गरेको कार्यालय प्रमुख निमकान्त लामिछानेले बताए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु ललितजंग शाह, टेकनप्रसाद कडेल , रिर्पाेर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, राप्ती बस समितिका अध्यक्ष शुरेस हमाल लगाएले लायन्स क्लवलाई समाजिक काममा थप तदारुकताका साथ खटिन सल्लाह दिएका थिए ।

 

प्रतिकृया

प्रतिकृया