मनिषा राई,रोल्पा
३ असोज/ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै अवसरमा रोल्पा लगायत देशैभर भव्यताका साथ बिबिध कार्यक्रम गरी मनाइएकोे छ ।

सदरमुकाम लिवाङको टुडिखेलबाट ¥याली सहित बजार परिक्रमा गरी बालकल्याण नमुना माविको प्राङगणमा गई सभामा परिणत भएको थियो । संबिधान दिबश २०७४ मुल समारोह समितिका संयोजक एवम जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुुढाको अध्यक्षता, जिल्ला न्यायधिस कमल प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता तथा रोल्पा नगरपालिका प्रमुख पुर्ण केसि र प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको बिशिष्ट आतिथ्यता रहेको थियो ।

साथै कार्यक्रममा नगरपािलका उपप्रमुख मनकुमारी घर्ती, नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती, राष्ट्रिय जनमोर्चाका अध्यक्ष मेघनाथ बिष्ट, नेपाल परिवार दल रोल्पाका उपाध्यक्ष खिम बहादुर कवर, गैसस महासंघ रोल्पाका कर्ण बाठामगर, नेपाल रेडक्रस सोसाइतीका डिवि टुहुरो, प्रहरी निरिक्षक गजेन्द्र कुमार चौधरी, जिशिअ कल्पना घिमिरे, कोष तथा लेखा नियन्त्रण कार्यलय रोल्पाका उपेन्द्र खनाल, बाल कल्याण नमुना माविका प्राचार्य मधुसुदन पोख्रेल, बिधालयका सम्पुर्ण शिक्षक, शिक्षिका, बिधार्थी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक, दुइखोली गाउपालिका अध्यक्ष निमकान्त डागी, रोल्पा उधोग बाणिज्य संघ रोल्पाका उपाध्यक्ष बिश्व कुमार चन्द, नेपाली कांग्रस रोल्पाका निवर्तमान सभापति कृष्ण बहादुर घर्ती, नेकपा माओबादी केन्द्रका प्रतिनिधि तथा केन्द्रिय महाधिबेशन आयोजक समितिका सदस्य फबिन्द्र आचार्य क्षितिज लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रमको अवसरमा नेपालको संबिधान शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरीएको थियो । जसको नतिजा प्रकाशन निर्वाचन अधिकृत लिलु गिरीले गरेका थिए । प्रतियोगितामा नेपाल मावि कोटगाउका एलिना घर्ती प्रथम, नेपाल मावि कोटगाउका साजन घर्ती द्धितिय, बाल कल्याण नमुना मावि लिवाङका जुनकुमारी डागी तृतिय र तारा मावि बाम्रुकका हिमचुली रोका सान्तवना भएका छन् ।

स्थानिय बिकास अधिकारी शुशिल बैधको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन जिल्ला समन्वय समितिको फोकल पर्सन दामु महर्सिफुलले गरेका थिए । संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

प्रतिकृया

प्रतिकृया