भीमबहादुर ओली
संसारभर कम्युनिष्टहरुले विरता र वलिदान गरि समाजवाद ल्याए तर कही पनी टिक्न किन सकेन ? नेपालमा पनी आज वैज्ञानिक समाजवादको खाँचो छ भनी हामीहरूले आवाज उठाइरहेका छौ । हाम्रो पनी हालत संसारको भन्दा भिन्न कुन आधारले हुदैन ? संघियता, गणतन्त्र र संविधान २/४ बर्षमा धरापमा परिसक्यो भनेर आन्दोलन गर्ने हामीहरूले झन उन्नत समाजको रक्षा कसरी गर्न सक्छौ । हामीहरूले प्रतिक्रान्ति रोक्ने आधारहरू के–के विकास ग¥यौं । र विगतमा कम्युनिष्टहरुबाट भएको कमजोरीको पूर्ण संश्लेषण के गरेका छौ ? आज संसारभर सामाजिक आर्थिक आधार निर्माण गरेर उपरिसंरचनामा परिवर्तन गर्ने कुरा र उपरिसंरचनामा परिवर्तन गरेर सामाजिक आर्थिक आधार निर्माण गर्ने विचको द्धन्दात्मक सम्वन्धलाई ठीक ढंगले बुझ्न नसक्दा क्रान्ति पछी सवै स्थानहरुमा प्रतिक्रान्ति भयो ।

आजका हामी नेपाली कम्यूनिष्टहरुले समाजवाद प्राप्तीका लागि माथिका विषयहरुमा वस्तुवादी बुझाईका साथ जवाफ दिन सक्नु पर्नेछ। कार्लमाक्र्सको मृत्यु पछि विशेषगरी लेनिन र माओले समग्र पक्षको संश्लेषण गरेर जवाफ दिनु र सत्ता प्राप्त गर्नु तर आफ्नै जिवनकालमा आधार र उपरिसंरचनामा उत्पन्न संकटको वस्तुवादी जवाफ खोज्दा खोज्दै राज्यसत्ता र कम्यूनिष्ट पार्टीमा विघटन किन आन्तरिक रुपले पैदा हुँदै गयो । आजका हामी मनोगतवादी कम्युनिष्टहरूबाट त्यसको जवाफ सम्भव छैन । लेनिन र माओले दिन बाँकी जवाफ हिमीहरुले दियर मात्र नेपाली क्रान्तिको कार्यभार वैज्ञानिक समाजवाद प्राप्त गर्न सकिन्छ।

समाज विकासको प्रक्रियामा मंचुबंसको अन्त्य शनयात सेनले गरे उनको मृत्यु पछि माओले कोमीन्ताङ र जापनीज साम्राज्यवादलाई परास्त गरी नयाँ जनवाद प्राप्त गर्नु भयो । नेपालमा पनि राणा, पञ्चायत र राजा फाल्ने हामीहरूलाई परास्त गर्दै , अहिलेसम्मका उपलब्धिहरुको जगमा टेक्दै सामाजिक आर्थिक आधारमा परिवर्तन सहित उपरिसंरचनाको स्थापना गर्न सक्यौ भने मात्र समाजवादको सम्भावना हुन्छ । हामीहरूले आफ्नै समिक्षा ग¥यौं भने ईमान्दारितापूर्वक वैज्ञानिक समाजवादका लागि सामाजिक आधार र उपरिसंरचना लायकका पात्रहरुमा पर्छौ त ? वैदेशिक गुलामी गरेर निजि सम्पत्तिको विस्तार र सुदृढिकरणका पक्षमा उद्धत आर्थिक आधारको जगमा नोकरशाही दलाल पुँजीवादी त्यस्मा पनी विकृत संसदिय तानासाही राजनीति र थाईल्याण्डको कैयौ ठुलाशहरहरूमा संचालित खुलमखुल्ला यौनब्यापारको संस्कृति उद्धत चरित्रबाट के हामीहरूले अर्को संघर्ष गरेर ल्याउने समाजवाद यो आधार र उपरिसंरचनाले रक्षा गर्न सक्ला ?

 

 

हामी नेपालका कम्यूनिष्ट भन्नेहरू सवै पार्टी र नेता तथा कार्यकर्ताहरू वैज्ञानिक समाजवादको विषय अलि परको विषय भयो समाजवाद उन्मुख आधार र उपरिसंरचना उन्मुख बनेको, वन्ने र वनाउने के कति कार्यदिशा तथा कार्यक्रम तयार बनायका छौ । हामीहरू आफै समाजले विश्वास गर्न कति लायक छौ के मालेमावादमा उल्लेख गरिएको दर्शन भन्दा अरुलाई पर गएको देख्ने, संसदीय र संशोधनवादी भन्नेहरुको आफ्नै सामाजिक आधार र उपरिसंरचना समाजवाद उन्मुख छ त ? आज थोरैको होला तर धेरैको छैन त्यसैले जो जतीको छ , हुनेहरुबाटै यो महान अभियानको कार्यान्वयन हुनसक्छ त्यसैमा हाम्रो विश्वास हो। सही बझाई र ब्यबहारका धनी मानिशहरु नै समाजवादी क्रान्तिका चालक शक्तिहरू हुन् । जनता र कार्यक्रताहरूले आज खोजिरहेको पार्टी र नेतृत्व त्यही हो त्यो नेतृत्व र पार्टी बनाउनका लागि हामी सबै बन्ने, बनाउने र पूरानोलाई रूपान्तरित हुन पाउने अधिकार सुनिश्चित राखिनु पर्दछ यसैमा हाम्रो भविष्य छ।

नोकरसाही दलाल पुँजीवादी आधार सहितको संसदीय ब्यबस्था र विकृत उपरिसंरचनालाई सुधार गरेर समाजवाद हुदैन । त्यो सुधारिएको संसदीय ब्यबस्था र विकृत पूजीवाद नै हुन्छ । हामी नेपाली जनताहरूलाई राणा, पञ्ंचे , राजा र आजको विकृत संसदीय ब्यबस्थाले जस्तो सुधारबाट चित्त बुझिनरहेको अवस्थामा गुणात्मक सुधार चाहियको छ । हामीहरू चाहिएको त्यस्तो ब्यवस्था हो, जहाँ मानवले मानव माथि गरिएका सम्पूर्ण शोषण र दमणबाट मुक्त समुन्नत समाज त्यसलाई प्राप्तिका लागि उत्पीडितवर्ग एकताबद्ध भएर अगाडी वढौ त्यसैमा हाम्रो भविष्य छ । (लेखक माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य हुन् ।)

प्रतिकृया

प्रतिकृया