पुनाराम पन्थी
सामाजिक सञ्जालमा आएका सामाचार र स्टाटसहरु पढ्छु र कमेन्ट बक्समा तुरुन्तै कमेन्ट लेख्न तम्सिन्छु । झट्ट मलाई पदीयजिम्मेवारीको याद आउँछ । दायाँबायाँ सोच्छु अनि लेख्दै गरेको कमेन्ट डिलिट गर्छु । राति सपनामाती डिलिट भएकाकमेन्टहरु आएर मलाई प्रश्न गर्छन ए हजुर तपाई बिश्लेषक हो किविचारहरुको हत्यारा ? मुखैमाआएको जवाफदिननपाउँदै मेरो निद्रा खुल्छ ।

आवेग र उत्तेजनामा लेखेको त्यो कमेन्टलाई हत्यानगरेको भए पछि मलाई पछुतो हुन्थ्यो । फेसबुकमाआएका स्टाटस पढेर जोसिने, तात्तिने र कडा प्रतिक्रियादिने स्वभाव धेरैको हुन्छ । तातेको बेलामाउब्जेकाअधिकबिचारहरु मन सेलाए पछि डिलिट गर्न लायक हुन्छन ।

फेसबुकमाआएकाकुनै–कुनै स्टाटस र कमेन्ट हेर्दामलाई पनि रनक्क तताउँछ । हत्तपत्तप्रतिक्रियाकालागिमोबाइलतिर सोझिन्छु र कमेन्ट लेख्छु पुनःपढ्छु,अनि सोँच्छु मैले लेख्दै गरेको कमेन्ट हेर्दा आफ्नो पेशा र प्रतिष्ठा सुहाउँदो देख्दिनअनि तुरुन्तै डिलिट गर्छु । सितल,सुस्त र सभ्यशब्दले पनिमानिसहरु कुरो बुझ्छन म गरम हुन, चेहरा बिर्गान,उफ्रिन र कुर्लिन पर्दैन । मैले के भन्दैछु के गर्दैछु त्यो मैले थाहापाउँनु पर्छ । अरुलाई दुख्ने, घोच्ने र पोल्ने शव्दको प्रयोगले अन्तत ः अरुलाई भन्दाआफैलाई पिडा दिन्छ र पछि पछुतो हुन्छ हत्तेरी किनत्यो लेखेँ हुँला?किनत्योभने हुँला ।

 

 

म“म”मात्र हैन । म धेरै तिर संम्बन्धित छु । मेरो परिवार,नातागोता,अफिस,साथी र समाजको घेरा भित्र छु । ममुल्यमान्यताको लगामले बाँधिएको छु । आफ्नै लागिमात्र म बाँचेको छैन । म स्वतन्त्र छु तर मेरो स्वतन्त्रताको सिमा छ । देखेको, सुनेको र मुखमाआएको सबै कुरा मैले भन्नमिल्दैन । मनमालागेको जति सबै गर्न मिल्दैन । मेरो कमेन्टले कुरो बल्झाउन, बङ्ग्याउने र बिषयलाई अतिरंन्जितगर्नु हुदैन। अरुको चरित्र हत्यामा सामेल हुनुहुदैन । मनमाउब्जेकाकतिबिचारहरु मनमै डिलिट गर्नलायक हुन्छन। मैले ब्यक्त गरेको बिचारले के संदेश दिन्छ । मैले के कुरा सेयर गर्ने, के नगर्ने त्यो मैले बुझ्नु पर्छ ।

भन्न त बिचारको प्राणलाई मार्नु हुदैन ।अन्तर मनको अवाज जस्ताको त्यस्तै ओकल्नु पर्छ भन्ने गरिन्छ यथार्थमा सधैत्यस्तै नहुँदो रहेछ । जिम्मेवारीमा रहेर उत्तरदायित्वबहनगर्दा धेरै संयमितहुनुपर्दछ । म समाजका सबै खाले मान्छेहरुको साथमा छु । धेरै मन र बिचारसंग अन्तर सम्बन्धितछु भन्ने बिर्सनु हदैन । सिक्ने,जान्ने, बुझ्ने र क्षमता बृद्विगर्ने सवालमाबिचार, बिमर्श गर्नुपर्छ । स्कुल, कलेज र तालिमहलमा बसेर आफ्नो क्षमताबिकासको लागि सहभागीमुलक बहस र बिश्लेषण गर्ने गरिन्छ, त्यो अभ्यास सिकाईको लागिज्यादै उत्तम मानिन्छ । तर एउटा राजनितिकआस्था र पक्षमा अडिग भएर तर्क गर्दा अरु धेरैलाई त्यो कुरा हजमनहुँनपनि सक्छ ।

सिक्ने प्रशिक्षार्थीको भुमिकाभन्दासिकाउने प्रशिक्षकको भुमिका बढी जिम्मेवार र जवाफदेही हुन्छ । ब्यबस्थापनतहमा रहेर बिषयमाबिमर्श गर्दा मैले बोल्नेशब्द, मेरो प्रस्तुति शैली र मेरो धैर्यतामामैले नियन्त्रण गुमाउनु हुदैन । अरुसंगको मेरो रिस, द्वेष, आवेग र उत्तेजनाले मेरै स्तरलाई घटाईदिन्छ । म जति कडा र आक्रामक हुन्छु त्यति नै मेरो सम्बन्ध साँघुरिन्छ । सफलतामा ब्रेक लाग्छ । अबसरको ढोका छेकिन्छ । निकटताको दुरी बढ्छ र आपसीबिश्वासमागिरावाट आउँछ ।

लिखितकमेन्टहरुको रेकर्ड रहन्छ । मुखबाट फुत्केको शब्दफर्काउन सकिदैन, आफ्नै रिस, आबेग र उत्तेजनालाई समयमै रोक्नक्षमता चाहिँन्छ । रुखो कमेन्ट गरेर अरुलाई आफु जस्तो बनाउनकहिल्यै सकिदैन बरु ईख र ईगोलाई बढाउँछ । कडा शब्द र स्वभावले गर्दादुखझेलेको अनुभवधेरै छ । हामी अरुबाट मिठो बचन,शिष्ट भाषा, मिठास, सरल शब्द, सम्मान र आदरको अपेक्षागरिरहेका हुन्छौँ । तर आफु तिर ध्यानदिएकाहँुदैनौ । आफू नबद्लिने तर अरुबद्लिएको देख्न खोज्ने अनौठो स्वभावहामीभित्र छ ।

समाजिक संजाल फेसबुकमा छरपस्ट स्टाटसहरु आउँछन ।केही स्टाटसले मन छुन्छ । सदभाव र सम्बन्ध बढाउने, सुख र दुख साट्ने, बधाई तथाशुभकामनालिने–दिने, प्रोत्साहनगर्ने र हार्दिकता सेयर गर्न सामाजिक संजाल छिटो र सजिलो माध्यमबनेको छ । यो सुन्दर पक्षहो ।यसले सम्बन्धमा निकटता थप्छ हौसलापनि बढाउँछ । जीवन,जगत,स्वास्थ्य, प्रबिधि, ज्ञान,बिज्ञान, अनुकरणीय अभ्यास,लेख, सूचना,समाचार र जानकारी बढ्ने कुराहरु भेट्दा तुरुन्तै लाइक,कमेन्ट र शेयर गर्न मन लाग्छ । आजकल राजनितिक घटनाक्रम, नेताहरुको आलोचना, बिरोध र समर्थनले फेसबुकको वाल भरिएको हुन्छ। राजनितिक,समाजिक र साँस्कृतिक सवालमाकमेन्ट गर्दा हामी संयमित र सन्तुलितहुनु जरुरी छ । हाम्रो फेसबुक प्रोफाईल बौद्घिक ज्ञान र सिकाईको उपयोगीश्रोत बन्नु पर्दछ ।

स्वतन्त्रबिचार राख्नु बौद्घिक बहस गर्नु, समाधानकालागिउपायहरु भन्नु, सिष्ट सुझावदिनु, जिज्ञासा राख्नु स्वभाबिक छ । तर गाली, गलौज,असिस्ट,आरोप,प्रत्यारोप,आक्रोश, बदनामगर्ने,चित्र र कार्टुनहरु सेयर गर्ने होडबाजीले समाधानदिदैन बरु समस्या बल्झिन्छ । अहिले राजनितिकआस्थाको पक्ष र विपक्षमालागेर नेताहरुलाई उचाल्ने र पछार्नेहरुको प्रतिस्पर्धा चलेको छ । ब्यक्तिप्रतिको कुन्ठा, दुराशययुक्तप्रचार र चरित्र हत्यामाउद्घतभएर स्टाटसहरु लेख्ने,तिखो कमेन्ट दिने, अमर्यादितशब्द युद्घमाउत्रने कुराले आफ्नै बौद्घिक स्तर कमजोर बन्दै जान्छ । त्यसैले स्टाटस लेख्दा,शेयर गर्दा र अरुलाई कमेन्ट गर्दा त्यसको प्रभावबारे सोँच्नु जरुरी छ । (लेखक सहकर्मी समाज दाङका अधिकृत हुन् ।)

प्रतिकृया

प्रतिकृया