दाङ
२४-असोज / समुदाय स्तरमा कोरोना देखिएपछि बबई गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय र विद्यालयहरु समेत एक हप्तालाई बन्द गरिएको छ । वडामा हुने विभिन्न औपचारीक कार्यक्रम स्थगित भएको छ भने बजार क्षेत्र लगायत कुनै पनि ठाउँमा भिडभाड गर्न निषेध गरिएको छ ।

आगामी २९ गतेसम्म वडामा कुनै पनि भिडभाड हुने कार्यक्रम गर्न नपाइने वडाध्यक्ष रामबहादुर डाँगी द्धारा जारी विज्ञप्तीमा उल्लेख छ । थप सतर्कता अपनाउँदै वडा कार्यालय, विद्यालय बन्ददेखि भिडभाड हुने कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया