बाँके,
१९-साउन/ जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट गाई काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

           


जिल्ला प्रहरी बाँकेबाट गाई काटेर भागबण्डा गर्दै गरेको भन्ने बिशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले १६० किलो गाईको मासुसहित नेपालगन्ज १७ थुकैलाबाट सोही स्थानका ५३ वर्षीय ओलीउद्दिन जोलाह र ४६ वर्षीय सलाउद्दिन जोलाहलाई रङ्गेहात पक्राउ गरेको बाँके प्रहरी प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

साउन १७ गते पक्राउ परेका दुबै जनालाई गौवध मुद्दा चलाई थप अनुसन्धान भइरहेको अधिकारीले बताए । बरामद गरिएको गाईको मासुलाई नष्ट गरिएको छ ।

 

प्रतिकृया

प्रतिकृया