बाँके
२०-साउन/ बाँकेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना र अन्य बाहिरी जिल्लाका रहेका छन्।

भेरी अस्पतालमा ११ वटा नमुना परिक्षण गर्दा १० जना र जमुनाहा नाकामा एन्टिजेन परिक्षणबाट एक जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार १९६ पुगेको छ । यस्तै २० हजार ७९८ जना निको भइसकेका छन् । अहिले जिल्लामा ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया

प्रतिकृया