निमुसंगम घर्ती घोराही,
१७ – असोज/ दाङमा २० बर्ष मुनी कै उमेरमा गर्भपतन गराउने किशोरीको संख्या निकै डरलाग्दो देखिएको छ । वितेको आर्थिक बर्षमा दाङमा ४ हजार ३ जनाले सुरक्षित गर्भपतन गराएकोमा ति मध्य ६० प्रतिशत २० बर्ष मुनीका किशोरी रहेका छन् ।

असुरक्षित यौन सम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा पतन गराउनेको यो तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय दाङ सँग रहेको छ । २ हजार ४ सय १ जना २० बर्ष मुनिका किशोरी आमाहरुले गर्भपतन गराएका छन् । उनीहरु मध्य २ हजार १ सय ८८ जनाले औजार र २ सय १३ जनाले औषधीको माध्यमबाट गर्भपतन गराएका हुन् ।

जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशोर आचार्यका अनुसार जिल्लाका १२ वटा मान्यता प्राप्त सूचिकृत स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या बर्षेनी बढ्दै गएको छ । असुरक्षित यौनसम्पर्क कै कारण सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको उनकोे भनाई छ । अस्थायी साधनहरुको प्रयोगमा कमि आउदा गर्भ रहने र पतन गराउन स्वास्थ्य संस्था पुग्नेहरु धेरै देखिएका हुन् ।


ADVERTISEMENT

  



सरकारले २० बर्ष भन्दा कम उमेरमा बिबाह गर्न नपाउने व्यवस्था गरेको छ तर बालबाबिह र बिबाह पूर्ब हुने यौन सम्पर्कका कारण पनि गर्भपतन गराउनेहरुको संख्यामा बृद्धी भएको स्वास्थ्यकर्मीहरु बताउछन् । जिल्लाभरी १२ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको परिवार नियोजन अधिकृत आचार्यले बताए ।

५ वटा अस्पतालबाट औजार र औषधी प्रयोग गरेर र ७ वटा बाट औषधी मार्फत सुरक्षित गर्भपतन गराउने गरिएको उनकोे भनाई छ ।

राप्ती उपक्षेत्रिय अस्पताल, राप्ती अञ्चल अस्पताल, लमही अस्पताल, नेपाल परिवार नियोजन संघ र मेरिस्टोप सेन्टर तुलसीपुरबाट औषधी सँगै औजार प्रयोग गरेर ९ हप्ता देखी १२ हप्ता सम्मको गर्भपतन गर्ने गरिएको बताईएको छ ।

त्यसैगरी, अन्य प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट औषधीको प्रयोग बिधीबाट सुरक्षित गर्भपतन हुने गरेको छ । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने भएकाले सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्नु भनेको यस क्षेत्रका महिलामा सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्नु हो जनस्वास्थ्य कार्यालयका पब्लीक हेल्थ नर्स रेणु श्रेष्ठले भनिन् । नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर बढिरहेको जनस्वास्थ्यको तथ्यांकले देखाएको छ ।

अर्को तर्फ परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको समेत पाईएको छ । ति स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै तथ्यांक राखिएको हुँदैन । वरिष्ठ स्त्रीरोग विशेषज्ञका अनुसार कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी हुने बताउँछन् । कम उमेरमा गर्भपतन गराएपछि पुनः समस्या भएर उपचारका लागि अस्पताल आउनेको संख्या पनि देखिएको श्रेष्ठले बताए ।

 

 

 

प्रतिकृया

प्रतिकृया