तुलसीपुर
२३ असोज/ दाङको बजारमा हिउँदे आलुको बीउमा एकरुपता नहुँदा किसानहरु मर्कामा परेका छन् । आलु रोप्ने समयमा बजारमा आलुको मूल्य फरक–फरक हुँदा किसानहरु मर्कामा पर्ने गरेका हुन् । दाङ तुलसीपुरका बिभिन्न पसलमा फरक फरक मूल्य हुँदा कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा रहेको तुलसीपुर ७ का नेप चौधरीले बताए । उनले आफु धेरै पसलमा गएको तर जहाँ जाँदा पनि फरक फरक मूल्य भएको गुनसो गरे ।

दाङको तुलसीपुर, घोराही,लमही, भालुबाङलगायतका बजारमा फरक:फरक मूल्यमा आलुको बीउको कारोबार हुने गरेको छ । उपभोक्ताको हकहितका लागि काम गर्ने संस्थाहरु पनि मुकदर्शक बन्द आफुहरु पीडित बनेको किसानहरुको भनाई छ । दाङमा दुई हजार २०० हेक्टर जमीनमा आलुखेती हँुदैआएको छ ।

प्रतिकृया

प्रतिकृया

 



ADVERTISEMENT