तुलसीपुर,
२८ – कात्तिक / नेपालीहरुको महानपर्ब दशै र तिहार सकिएसंगै बजारको चहलपहल बढ्न थालेको छ । जागिर, ब्यापार, पढाईलगायत अन्य सिलसिलामा गाउँबाट बजार झरेकाहरु चाडपर्ब मनाउन गाउ गएसंगै बजार सुनसान बनेको थियो ।

तर चाडपर्ब मनाएर बजार झर्ने क्रम बढेसंगै बजारमा चहलपहल बढेको छ । बजारहरु भरिभराउ हुन् थालेका छन् । सरकारी कार्यालय, बिद्यालय तथा कलेज, पसलहरु खुलेसंगै बजारमा चहलपहल बढेको छ । अहिले दाङको तुलसीपुर, घोराही, लमही, नारायणपुर, हापुरे, भालुवाङलगायतका बजारहरुमा चहल पहल बढेको छ ।

अहिले गाउँबाट शहरमा आउने बसको टिकेट नपाउने समस्या छ । यात्रुहरु धेरै भएकाले टिकेट समेत नपाईने समस्या रहेको यात्रुहरुको गुनासो छ । चाडपर्ब मनाउन गाउँ गएकाहरु एकै पटक शहर झर्न थालेपछि टिकेट नपाउने समस्या रहेको छ ।


ADVERTISEMENT

  



चाडपर्ब सकिएसंगै ग्रामिण क्षेत्र भने सुनसान बन्न थालेका छन् । चाडपर्ब मनाएसंगै सबै जना पढाई, ब्यबसाय, जागिरका लागि शहर तथा बाहिरी देश जान थालेपछि ग्रामिण क्षेत्र भने सुनसान बन्दै गएका छन् ।

 

प्रतिकृया

प्रतिकृया